वंशगोपाल दुग्ध सहकारीको स्थापना दिवस

साझाकुरा
२०८० आश्विन १८, बिहीबार ०९:३८

हेटौंडा- हेटौंडा–६ चौघडामा रहेको वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३३ औं स्थापना दिवस मंगलवार सम्पन्न भएको छ । कार्यक्रममा सहभागी भएका दुग्ध उत्पादक किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन् ।केही समय बढेको मूल्य पनि फेरि घटाएर सरकारले किसानको हितविपरित काम गरेको गुनासो गरे । दैनिक जसो दाना, चोकर, ढुटो, परालको मूल्यवृद्धि हने तर, दूधको मूल्य वर्षदिनमा बढ्दा पनि घट्ने गरेकाले पेशाबाट विस्थापित हुने दिन आएको केदार अधिकारीले गुनासो गरे । कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक बासुदेव अधिकारीले बोर्डले किसानको हितमा काम गर्दै आएको बताए ।

पछिल्लो समय ब्यवसायी पनि मारमा परेको र उत्पादन भएका दूधजन्य पदार्थको बिक्री नहुँदा समस्या परेको बताए । सहकारीका संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देलको प्रमुख आतिथ्यता सहकारीका अध्यक्ष श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष केशवप्रसाद सञ्जेल, उपाध्यक्ष केशव धिताल, सञ्चालक समितिका पदाधिकारी, दुग्ध उत्पादक किसान, सञ्चारकर्र्मी, कर्मचारीलगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*