नगस्वती भेन्ट्रान्स फुटबलः आयोजक र एनआरटी अन्तिम चारमा

साझाकुरा
२०८० आश्विन १९, शुक्रबार ०९:५१

हेटौंडा- हेटौंडामा जारी दोस्रो नागस्वती भेट्रान्स फुटबल प्रतियोगितामा एनआरटी भेट्रान्स काठमाडौं अन्तिम चार (सेमिफाइनल)मा प्रवेश गरेको छ ।बिहीबार हेटौंडा–१६ हटिया रंगशालामा भएको क्वाटर फाइनल खेलमा एनआरटी भेट्रान्स काठमाडौंले बगरभाइ क्लबलाई १–० गोलले पछि पार्दै सेमिफाइनल पुगेको हो । एनआरटी काठमाडौंको तर्फबाट दोस्रो हाफको ३२ औं मिनेटमा नरेन्द्र श्रेष्ठले १ गोल गरे । त्यस्तै बागरभाइको टिमले पेनाल्टी मार्फत् गोल गर्ने अवसर पाए पनि अवसर चुकेको कारणले क्वाटर फाइनल खेलबाट बहिरिनु परेको छ ।

खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता श्रेष्ठ बन्न सफल भए । प्रतियोगितामा आयोजक टिम नागस्वती भेट्रान्स(ए) सेमिफाइालमा प्रवेश गर्न सफल भएको छ । नागस्वती भेट्रान्स र अभिषेक चर्चको भिडन्तमा ट्राइबेकरमा १–२ गोलअन्तरले विजयी हुँदै अयोजकले अन्तिम चारको यात्रा तय गरेको हो । नागस्वती (बि) खेलाडीले पहिलो हाफ हुनु अघिनै खेलको २१ औ मिनेटमा खेलाडी सुविन घिमिरेले पहिलो १ गोल गरे । त्यस्तैगरी नागस्वती (ए)का अर्का खेलाडी प्रकाश रानाले दोश्रो हाफको ३३ औ मिनेटमा १ गोल गरे ।

खेलको ४७ औ मिनेटमा अभिषेक चर्चका खेलाडी सुरेशकुमार श्रेष्ठले १ गोल गरे । खेलको ५३ औ मिनेटमा अभिषेकले पेनाल्टी सुटआउटको मौका पायो । खेलाडी धनबहादुर महतले १ गोल गर्दै खेललाइ बराबरीमा पु¥याएपछि ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरको पेनाल्टी सुटआउटमा नागस्वतीले २ गोल र अभिषेकले १ गोल गरेका थिए । अभिषेकले आपूmलाइ सेमिफाइनलमा पु¥याउन सकेन । नागस्वतीका गोलरक्षक दिलिप क्षेत्री खेलको म्यान अफ दी म्याच बन्न सफल भए ।

सेमिफाइनल खेलको विजेता टिमले फाइनलको यात्रा तय गर्नेछन् । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता समूहले नगद २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगदसहित शिल्ड पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा फाइनल खेल असोज २० गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*