आजदेखि जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता

साझाकुरा
२०८० आश्विन १९, शुक्रबार ०९:५७

हेटौंडा- जिल्ला तेक्वान्दो कार्यसमिति मकवानपुरको आयोजनामा आज शुक्रबारबाट १६ औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु हुँदैछ ।पारिजातपथस्थित कबर्डहलमा दुई दिनसम्म चल्ने प्रतियोगितामा मकवानपुरका २२ वटा डोजाङका ३ सय १५ जना खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । जिल्ला समिति अध्यक्ष लालकाजीरत्न बज्राचार्यले प्रतियोगिता नहुँदा जिल्लाका खेलाडीहरु निराश हुने भएकोले जुनियरदेखि सिनियर खेलाडीलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागेको बताए । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

पुरुष र महिला खेलाडीले विभिन्न विधागत ११ वटा तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन । दुईवटा रिङमा खेलाइने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट खेलाडीलाई मेडल प्रदान गरिने छ प्रतियोगितामा १५ जना निर्णायक रहने छन् । प्रतियोगिताको लागि करिव २ लाख २० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । आयोजकले खेलाडीको लागि निःशुल्क खाना र बासको पनि व्यवस्था गरेको छ । गतवर्ष भएको १५ औँ मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा हटिया डोजाङ प्रथम, मकवानपुर डोजाङ द्वितीय र सेकग्नाईज डोजाङ तृतीय भएको अध्यक्ष बज्राचार्यले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*