जनहित स्वावलम्बन साकोसको २ करोड १४ लाख कारोबार

साझाकुरा
२०८० आश्विन २०, शनिबार ०८:३९

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–५ खैरेनीमा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शुक्रबार भएको छ ।संस्थाका अध्यक्ष श्रीराम अर्जुनको सभाध्यक्षता तथा गाउँकार्यपालिका सदस्य नन्दकुमारी विश्वकर्माको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियो । सभामा संस्थाका २ करोड १४ लाख ३३६ रुपैयाँको आर्थिक कारोबार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष अर्जुनले वार्षिक प्रगति, संस्थाका चुनौति सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सचिव राजन घिमिरेले संस्थाको आगामी नीति तथा अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

४ सय ६८ शेयर सदस्य रहेको संस्थामा १६ लाख ४६ हजार ७ सय शेयरपुजीँ रहेको छ । संस्थामा १ करोड ५५ लाख ८० हजार १४८ बचत निक्षेप रहेको र सदस्यलाई १ करोड ९४ लाख ५३ हजार ६७८ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक दीर्घबहादुर थापाले बताए । संस्थामा तेह्र लाख ५३ हजार ५४२ रुपैयाँ जडेगा कोष रहेको छ ।सभाको अवसरमा संस्थाले विभिन्न विधामासदस्यलाई पुरस्कृत गरेको छ । संस्थाले असल ऋणीतर्फ पार्वती आचार्य र अक्कलबहादुर स्याङ्तान, असल बचतकर्तातर्फ शान्ति सिन्तान र मोहनबहादुर केसीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, जेष्ठ शेयर सदस्यतर्फ सानुमाया लो र झम्कनाथ घिमिरे, एकल महिलातर्फ इन्द्रकुमारी पुडासैनीलाई नगद एक हजार सहित पुरस्कृत गरिएको थियो । सहकारीले आयआर्जन समूहलाई पनि पुरस्कृत गरेको थियो ।

इन्द्रकमल आयआर्जन समूह प्रथम, जनज्योति आयआर्जन समूह द्वितीय, हिमचुली आयआर्जन समूह तृतीय र गोदावरी आयआर्जन समूह सान्त्वना भएको थियो । समूहलाई क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय नगद सहित पुरस्कृत गरिएको थियो । सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका लेखासमिति संयोजक सुलोचना स्याङ्तान, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका अमन विडारीको विशेष आतिथ्यता रहेको थियो ।

साधारणसभामा पूर्ववडा अध्यक्ष जीतबहादुर घिमिरे, वडासदस्य अर्जुनबहादुर रुम्बा, सुकराम थिङ, महिला कल्याण साकोसका उपाध्यक्ष पार्वती फुयाँल, स्वरोजगार सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष धनकुमारी खड्का, संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पूर्वअध्यक्ष थलनाथ घिमिरे, लेखासमिति संयोजक एंव निवर्तमान अध्यक्ष चण्डिका पौडेल, तीलगंगा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राधिका छत्कुली, जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हीरामणि दाहाल, लालिगुरासँ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जसुदा लम्साल, आधारभूत शिक्षा प्राविका प्रअ प्रल्हाद घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*