चलचित्र ‘ब्लयाक छायाँ’को विशेष शो’ गरिने

साझाकुरा
२०८० आश्विन २०, शनिबार ०८:४५

हेटौंडा- मकवानपुरका विभिन्न ठाउँमा छायाँकन गरिएको नेपाली कथानक चलचित्र ‘ब्ल्याक छायाँ’को हेटौंडामा विशेष शो हुने भएको छ ।चलचित्र हेटौंडाका खड्गबहादुर मोक्तानद्वारा निर्मित हो । चलचित्रको विशेष शो २ कार्तिकमा ४ नम्बर वडास्थित हुप्रचौर नजिकै रहेको ओम्याक्स सिनेमा घरमा गरिने चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । आरएल लामाद्वारा निर्देशित चलचित्रमा नीर शाह, बुद्धि तामाङ, रवीन्द्र झा, जानवी बस्नेत, आरएल लामा, शोभित बस्नेत, सुनिल थापा, धिरेन शाक्य, राजेन्द्र खड्गीलगायतका कलाकारको अभिनय रहेको छ । सामाजिक कथावस्तुका साथै सस्पेन्स चलचित्रको रुपमा चलचित्र निर्माण गरिएको निर्माता मोक्तानले बताए ।

मकवानपुरको फापरबारी, हेटौंडा, कुलेखानी र काठमाडौंमा छायाकंन गरिएको यो चलचित्रको कथा निर्देशक मोक्तान आफैंले लेखेका छन् । मोक्तानले यसअघि द मंगोलियन हर्ट र चोर पुलिस नामक चलचित्र निर्माण गरिसकेका छन् । एक करोड रुपैयाँ भन्दा बढी लगानीमा चलचित्र निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । हेटौंडामा नै छायाँकन गरिएको र सम्पूर्ण निर्माण टिम हेटौंडाकै रहेकाले हेटौंडामा विशेष शो देखाउन लागिएको डेविड मोक्तानले बताए ।

चलचित्रको विशेष शो मार्फत संकलन भएको रकमबाट केही रकम भीमफेदी गाउँपालिका–८ निवासी दुवै मृर्गौला पीडित मीना गोलेलाई उनको उपचारका लागि सहयोग गर्ने जनाइएको छ । टिकट शुल्क पाँच सय रुपैयाँ राखिएको मोक्तानले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*