दिव्यतारा बहुउद्देश्यीय थाहाको कारोबार ६ करोड बढी

साझाकुरा
२०८० आश्विन २०, शनिबार ०८:४९

हेटौंडा- दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड थाहानगर सेवाकेन्द्रको पाचौं साधारणसभा भएको छ । संस्थाको थाहानगर सेवाकेन्द्रको संयोजक भरत गोपालीको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका केन्द्रीय अध्यक्ष डा. गणेश लामाको प्रमुख आतिथ्यतारहेको थियो ।साधारणसभामा पालुङ सेवाकेन्द्रका इकाई संयोजक गोपालीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै थाहा सेवाकेन्द्रको कुल कारोबार ६ करोड ६७ लाख रहेको जानकारी दिए ।

गोपालीले प्रतिवेदन प्रस्तुत गर्दै ८ सय ५६ सदस्य रहेको सेवाकेन्द्रको शेयर पुँजी ३३ लाख ९१ हजार, बचत ८५ लाख रुपैयाँ र ऋण लगानी ५ करोड ३९ लाख रहेको जानकारी दिए । साधारणसभामा वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, सहकारीको मुख्य कार्यालय हेटौंडाका लक्ष्मण सुवेदी, मीठाराम दाहाल, ज्योति रायमाझी लगायत थाहा सेवाकेन्द्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*