राष्ट्रिय कविता प्रतियोगिताः उत्कृष्ट २० भित्र मकवानपुरका चारवटा कविता

साझाकुरा
२०८० आश्विन २५, बिहीबार ०९:४९

हेटौंडा- प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य संगम मकवानपुरको सहकार्यमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ट २० वटा कवितामा मकवानपुरको चारवटा कविता पनि अटाएका छन् ।प्रतियोगिताको लागि सहभागिता जनाएको १ सय ५३ वटा कवितामध्ये उत्कृष्ट २० कवि र कविताको नामावली सार्वजनिक गरिएको छ । उत्कृष्ट २० भित्र मकवानपुरका उत्सवराज चौलागाईको पसिनाको दैनिकी, मकवानपुरका विशप आचार्य (युगेश) को मेरो देश, मकवानपुरकै बैकुण्ठ लामिछानेको फ्रेमभित्र देश र मकवानपुरका समर्पण न्यौपानेका झिल्काहरुको पर्खाइमा कविता छनोटमा परेको हो ।

उत्कृष्ट २० भित्र छनोट हुनेमा चितवनका अज्ञान प्रदीपको कुण्डली, सिरहाका अविनाश भट्टराइको पाइतालाहरु, गोरखाका आदित्य राम (रिजन)को नास्तिक भगवान, मकवानपुरका उत्सवराज चौलागाईको पसिनाको दैनिकी, स्याङ्जाका ऋषिराम पाण्डेयको शान्तिको विरुवा, रसुवाका एलिसा एकलासको निर्धो बक्ररेखा, गोरखाका एस आरु दुवाडीकोडाएरीको पानाबाट, नुवाकोटका गीता पुडासैनीका सडक कविता रहेका छन् ।

यसैगरी दैलेखका दिपिन सिजापतीको अर्ती, भक्तपुरका देवेन्द्र अधिकारीको दिवारात्री, तनहुँका भीमप्रसाद खतिवडा अनुरागको मेरो यात्रा, काठमाडौंका मोहित जोशीको कायाकल्प, धादिङका रञ्जिता अधिकारीको मध्यपूर्वको भूगोलबाट, रौतहटका श्याम थापाको अन्तिम काँटी, उदयपुरका सुमी पोखरेलको बुढयौली, सुनसरीको सुरज पराजुलीको पर्खाइ र सिन्धुपाल्चोकको स्मिता श्रेष्ठको द्विविधा कविता छनोट भएको साहित्य संगम मकवानपुरका अध्यक्ष डिबि बर्तौलाले जानकारी दिए ।

कविता छनोटमा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, बाग्लुङका कवि भूपी खड्का र काठमाडौंका कवि बिन्दु शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उत्कृष्ट २० मा छनोट भएका कविहरुबीच असोज २७ गते प्रतियोगिताको आयोजना गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कार प्रदान गरिने आयोजक प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले नगद २० हजार र सान्त्वना हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*