दुई विद्यालयमा निःशुल्क रोबटिक्स र अटोमेशन कार्यशाला
हेटौंडा- एष्ट्रोनोभा फाउण्डेशन नेपालले मकवानपुरका दुईवटा विद्यालयमा निःशुल्क रोबटिक्स र अटोमेशन सम्बन्धी कार्यशाला गरिरहेको छ ।विभिन्न विद्यालयका बालबालिकालाई सहभागी गराई कार्यशाला गर्दै आएको फाउण्डेशनले आइतबारबाट हेटौंडाको नवोदय शिशुसदन इङ्लिस बोर्डिङ् स्कुल र बालजागृति इङ्लिस बोर्डिङ स्कुलमा ६ दिने कार्यशाला गरिरहेको छ । विद्यार्र्थीमा वैज्ञानिक सोच, रचनात्मक एवम सकारात्मक चिन्तन र सृजनशील तथा नेतृत्व विकासलगायत क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षासहित कार्यशाला आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले जानकारी दिए ।
उनले सानै उमेरदेखि विद्यार्र्थीमा वैज्ञानिक सोच संस्कृतिको विकास गर्न, प्रविधिमय वातावरणको निर्माण गर्न, उद्यमशीलताको क्षेत्रमा काम गर्न कार्यशाला प्रभावकारी हुने बताए । कार्यशाला आयोजना गरिदिएकोमा बालजागृति र नावेदय स्कुले आयोजकलाई धन्यवाद दिएको छ । दुवै विद्यालयमा कार्यशाला उद्घाटन समारोहमा सहभागी अतिथिहरुले सूचनाप्रविधिको युगमा विद्यार्र्थीहरु समयसँगै नवप्रवर्तनात्मक, उद्यमशीलता, वैज्ञानिक सोचतर्फ अघि बढेर समाजमा योगदान पु¥याउन सक्ने भन्दै कार्यशालाको प्रशंसा गरेका थिए । प्रत्येक विद्यालयमा आयोजित कार्यशालामा छनोट भएका २१÷२१ जना विद्यार्र्थी सहभागी छन् ।
फाउण्डेशनले यसअघि हेटौंडालगायत मकवानपुरगढी गाउँपालिकाका विभिन्न २७ विद्यालयमा अध्ययनरत ८५ जना विद्यार्र्थीमध्येबाट छनोट गरी ४५ जना विद्यार्र्थीलाई अभिमूखीकरण कक्षामा राखेर ११ देखि २१ वर्ष उमेर समूहका २१ जना विद्यार्र्थीलाई १३ दिने प्रशिक्षार्र्थी प्रशिक्षक कार्यशालामा सहभागी गराएको थियो । आफूले सिक्ने र सिकेको ज्ञानलाई आफ्नो विद्यालयमा सोही अनुसारको कार्यशाला गराउनुपर्ने शर्तमा विद्यार्र्थीले प्रशिक्षार्र्थी प्रशिक्षक कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए ।
अहिले तीनै २१ जना विद्यार्र्थीले आफूले सिकेको कुरा आ–आफ्नो विद्यालयमा २१÷२१ जना बालबालिकालाई सिकाइरहेको फाउण्डेशनका अध्यक्ष बास्तोलाले बताए । फाउन्डेशनले हेटौंडामा वैज्ञानिक एवम् प्रविधिमय वातावरण बनाउने उद्देश्यका साथ रोबोटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी र एष्ट्रोनोमीमा केन्द्रित कार्यशाला गर्दै आएको छ । फाउण्डेशनले यसअघि फिजिक्स, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन, चन्द्रमा अवलोकन, नोबेल विजेता वैज्ञानिकहरुले हस्ताक्षर गरेको टेलिस्कोपबाट सोलार अवलोकन, ब्ल्याक होल, बिग ब्याङ थेउरी, थेउरी अफ रिलेटिभिटी, (स्पेशलरजनरल) को बारेमा चर्चा परिचर्चा गरेको थियो ।