हेटौंडाका माछामासु पसलमा अनुगमन

साझाकुरा
२०८० आश्विन २६, शुक्रबार ११:०३

हेटौंडा- भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र मकवानपुरको नेतृत्वमा बिहीवार हेटौंडाका माछामासु पसलमा अनुगमन गरिएको छ ।चाडपर्व नजिकिएसँगै स्थानीय माछामासु पसल अनुगमन गरिएको हो । हेटौंडाको १६ वटा माछामासु पसलमा अनुगमन गर्ने क्रममा प्रतिवन्धित माहुर माछा, अण्डा र मासु जफत गरिएको छ । हेटौंडा–१० बसपार्कमा रहेको राजु फिस सप्लार्यबाट १६ दशमलव ९ केजी मागुर र खान उपयुक्त नभएको माछा, हेटौंडा–१ मा रहेको रेसु सप्लायर्सबाट अण्डा र प्रतीक मिटसपबाट खानको लागि अनुउपयुक्त मासु बरामद गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र मकवानपुरका प्रमुख डा.बज्रकिशोर ठाकुरले जानकारी दिए ।

अनुगमनका क्रममा मासु पसलले अपनाउनुपर्ने न्यूनतम मापदण्डहरु कमले मात्रै पूरा गरेको, सरसफाईमा ध्यान नदिएको र आवश्यक मापदण्ड पूर्णरुपमा पालना नभएको पाइएको उनले बताए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र मकवानपुरको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गरिएको अनुगमनमा खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाकाका अनुसन्धान अधिकृत विक्रम लिम्बु, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हितसंरक्षण मञ्च र मासु व्यवसायी संघका प्रतिनिधिको सहभागितारहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*