नारायणी सहकारीको ऋण लगानी साढे २३ करोड बढी

साझाकुरा
२०८० आश्विन २६, शुक्रबार ११:१८

हेटौंडा- नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको कूल ऋण लगानी २३ करोड ५९ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।२०५३ सालमा स्थापित सहकारीको कूल बचत २३ करोड ४४ लाख ४६ हजार तथा जगेडा कोष दुई करोड १८ लाख ७८ हजार रुपैयाँ रहेको छ । भवन, जग्गासहित सहकारीको कूल सम्पती ३६ करोड ६० लाख ३१ हजार तथा अन्य कोष ६३ लाख ९१ हजार रुपैयाँ पुगेको छ । साथै, एक हजार एक सय ३३ महिलासहित दुई हजार दुई सय ५९ जना शेयर सदस्य रहेको सहकारीको ६ करोड १८ लाख ८६ हजार शेयर पुँजी रहेको छ ।

२७ औं बार्षिक साधारणसभाको तयारीमा रहेको सहकारी उत्कृष्ट सहकारीसँगै विभिन्न पुरस्कारबाट पुरस्कृत भईसकेको छ । राष्ट्रिय सहकारी बैंकले नेपालभरीको बचत तथा ऋण कारोबार बाहेकको कारोबार गर्ने उत्कृष्ट सहकारी बर्ष २०७४ बाट पुरस्कृत गरिसकेको अध्यक्ष जंगबहादुर गुरुङले बताए । असल बचतकर्ता, असल ऋणी, जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्य, कर्मचारी लगायत विभिन्न विधागत पुरस्कार भने सहकारीले बार्षिकोत्सवमा गर्ने उनको भनाई छ ।

डिभिजन सहकारी कार्यालय हेटौंडाबाट उत्कृष्ट सहकारी पुरस्कार २०७२, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघबाट उत्कृष्ट सहकारी पुरस्कार २०७३ बाट सम्मानित भईसकेको सहकारी शिवम् सिमेन्टबाट २०७१ देखि विभिन्न अवार्डबाट पुरस्कृत भईरहेको छ ।वित्तीयसेवा (बचत तथा ऋण)सँगै सहकारीले व्यवसायिक सेवाअन्तर्गत निर्माण सामग्रीहरु सिमेन्ट, रड, इट्टा, ढलान केमिकल, खाना पकाउने ग्याँस बिक्री गर्दै आएको छ । मुख्य कार्यालय हेटौंडा–९ तथा हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका कार्यक्षेत्र रहेको सहकारीको सेवाकेन्द्र हेटौंडा–४ पारिजातपथ र हेटौंडा–८ कमानेमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*