मकवानपुर क्याम्पसले जित्यो फुटसल उपाधि

साझाकुरा
२०८० आश्विन २६, शुक्रबार ११:२९

हेटौंडा- हेटौंडा सिटी कलेजको आयोजनामा भएको अन्तर क्याम्पस फुटसल प्रतियोगिताको उपाधि मकवानपुर बहुमुखी क्याम्पसले जितेको छ । बिहीबार भएको फाइनल खेलमा हेटौंडा स्कूल अफ म्यानेजमेन्टलाई २–१ गोल अन्तरले पराजित गर्दै मकवानपुर बहुमुखी क्याम्पसले उपाधि हात पारेको हो । सेमिफाइनल खेलमा भुटनदेवी माविलाई ८–० को गोल अन्तरले पराजित गर्दै मकवानपुर बहुमुखी क्याम्पस फाइनल प्रवेश गरेको थियो । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले भानु माविलाई ट्राइबेकरमा ५–४ को गोल अन्तरले पराजित गर्दै म्यानेजमेन्ट फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा विजेता र उपविजेता टिमले क्रमशः नगद २० हजार रुपैयाँ र १० हजार रुपैयाँ प्राप्त गर्न सफल भयो । प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसका विश्व लामा उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपर अंकित पराजुली घोषित भए भने हेटौंडा स्कूल अफ म्यानेजमेन्टका सुशिल तिमल्सिना उत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा ६ वटा क्याम्पसका ७ वटा टिमले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*