महिला कल्याणको कारोबार १० करोड बढी, अध्यक्षमा फुँयाल

साझाकुरा
२०८० आश्विन २७, शनिबार १२:३८

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–५, स्थित महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा भएको छ ।संस्थाका अध्यक्ष देवकी चौलागाईको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सहकारीले आव २०७९÷८० मा १० करोड ३३ लाख ८४ हजार ९ सय १३ रुपैयाँको कारोबार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ र ६ कार्यक्षेत्र रहेको सहकारीमा एक करोड ९ लाख ५९ हजार नौ सय रुपैयाँ शेयरपुँजी रहेको छ भने बचत निक्षेप ६ करोड ५१ लाख ६ हजार २६९ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक मेनुका कुमारी न्यौपानेले बताइन ।

सहकारीले सात करोड ५२ लाख ७४ हजार ४ सय ८७ रुपैयाँ कर्जा लगानी गरेको छ । ८५ लाख ३२ हजार ९१३ रुपैयाँ जगेडा कोषमा रकम रहेको व्यवस्थापक न्यौपानेले जानकारी दिइन् । सभामा जेष्ठ शेयर सदस्यतर्फ शान्तिकुमारी दुलाल, धनकुमारी थिङ, रोम कुमारी अधिकारी, मेनकुमारी हुमागाई र गौरी ढुंगानालाई सम्मान गरिएको थियो । असल ऋणीतर्फ जालकुमारी तिमल्सिना, कालीमाया पाख्रिन, शुभद्रा दमाई र ठुलीमाया घलानलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट बाल बचततर्फ उत्सव हुमागाई, उत्कृष्ट समूह अध्यक्ष ज्यामिरे महिला समूहका गोमा फुँयाल, उत्कृष्ट महिला समूहतर्फ हिमाल महिला समूह, उत्कृष्ठ बचतकर्तातर्फ हेमकुमारी घिमिरेलाई पुरस्कृत गरिएको थियो । साथै एसईइमा ए ग्रेड ल्याउने शारदा माविकी आस्था तिमल्सिनालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष दीपेश दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, वडासदस्य चन्द्रमाई हुमागाई, नेफ्स्कुन फिल्ड इन्चार्ज ज्योति महत, जिल्ला सहकारी संघका प्रतिनधि राजकुमारी केसी, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, संस्थाका लेखासंयोजक सुलोचना स्याङ्तान, ग्रामीण महिला सेवाकेन्द्रका सचिव अचला शर्मा, जिल्ला बार एसोसिएसन अध्यक्ष अप्सरा बस्नेत, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम अर्जुन, संस्थाका संस्थापक अध्यक्ष सुन्तलीमाया पुडासैनी, स्वरोजगार साना किसानका अध्यक्ष धनकुमारी खड्का, शारदा माविका अध्यक्ष युवराज सापकोटालगायतको आतिथ्यता थियो ।

यसैगरी, महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पार्वती फुँयाल चयन भएकी छन् । संस्थाको शुक्रबार भएको २५ औं वार्षिक साधारण सभाबाट फुयालको नेतृत्वमा नयाँ समिति चयन भएको हो । संस्थाको उपाध्यक्ष सुशीला फुयाल, सचिवमा सरिता ढुंगाना, कोषाध्यक्षमा सरिता चौलागाई चयन भएका छन । संस्थाको कार्यसमिति सदस्यहरुमा भगवती तिमल्सिना, चन्द्रमाया थिङ, राजकुमारी थिङ, चित्रा रेग्मी, मनमाया तिमल्सिना चयन भएका छन् । सभाले संस्थाको लेखा समितिको संयोजकमा सुलेचना स्याङ्तान चयन भएकी छिन् भने सदस्यहरुमा देवकी चौलागाई र सामना देवकोटा चयन भएको निर्वाचन समितिका संयोजक कल्पना श्रेष्ठले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*