स्वरोजगार साना किसानको ८ करोड ७० लाख ऋण लगानी

साझाकुरा
२०८० आश्विन २७, शनिबार १२:४४

हेटौंडा-मकवानपुरगढी गाउँपालिका–५ मा रहेको स्वरोजगार साना किसान कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा भएको छ ।संस्थाकी अध्यक्ष धनकुमारी खड्काको सभाध्यक्षता तथा बागमती प्रदेशसभाका सदस्य भारती पाठकको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । सहकारीले आफ्ना सदस्यलाई स्वरोजगार बनाउने उद्देश्यका साथ सानाकिसान लक्षित कार्यक्रम गर्दै ८ करोड ७० लाख ७१ हजार ८ सय ७ रुपैयाँ विभिन्न उद्देश्यमा कर्जा लगानी गरेको छ । ९६ लाख ११ हजार तीन सय शेयरपुँजी रहेको संस्थामा बचत निक्षेप भने २ करोड ६० लाख तीन हजार ५ सय ३४ रुपैयाँ रहेको संस्थाका प्रवन्धक गोमा लामाले जानकारी दिइन् ।

संस्थामा ६९ लाख ३७ हजार ७ सय ८९ रुपैयाँ जगेडा कोषमा रहेको छ । सहकारीले ११ करोड ४ लाख ९० हजार ६ सय ८३ रुपैयाँको कारोबार गरेको छ । सभाको अवसरमा असल ऋणीतर्फ चिनीमाया लुङ्बा र क्रृशला अधिकारीलाई नगद सहित पुरस्कृत गरिएको थियो भने बाल बचततर्फ हीरा पुडासैनी, खुत्रुके बचततर्फ उमा सापकोटालाई पुरस्कृत गरिएको थियो । सभामा संस्थाका अध्यक्ष धनकुमारी खड्काले वार्षिक कार्ययोजना प्रस्तुत गरिनुका साथै संस्थाका प्रवन्धक गोमा लामाले आव ०८०÷८१ को अनुमानित आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् । संस्थाका लेखासमिति संयोजक संगीता हुमागाईले लेखा प्रतिवेदन सभामा पेश गरेकी थिइन् ।

साधारणसभा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य बिदुर हुमागाई, प्रादेशिक कृषि सहकारी संघका सदस्य निर्मला लम्साल, वडासदस्य चन्द्रमाया हुमागाई, संस्थाका सल्लाहकार जीतबहादुर घिमिरे, थलनाथ घिमिरे, संस्थापक अध्यक्ष सुन्तलीमाया पुडासैनी, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम अर्जुनलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*