सुशीलको जोडीलाई ब्याडमिन्टनको उपाधि

साझाकुरा
२०८० आश्विन ३०, मंगलवार १०:२०

हेटौंडा- हेटौंडा–६ मा सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुशील थापा र सुशील तिमल्सिनाको जोडीले जित्न सफल भएको छ । सोमबार भएको फाइनल खेलमा प्रवीण गौतम र श्रीराम पुडासैनीको जोडीलाई पराजित गर्दै थापा र तिमल्सिनाको जोडीले उपाधि जितेको हो ।प्रतियोगिताको उपाधि बिजेता एवम् उपबिजेताले नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् । प्रमोद
राई र अमित जिसीको टिमले तेश्रो स्थान हात पार्न सफल भएको छ । शुभबिजयादशमी, दीपावली एवम् छठ पर्वको अवसरमा रोहिनी स्वस्तिक बालउद्यान संस्थाको आयोजनामा भएको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*