चौकीटोलको खसीबजार उद्घाटनकै दिन सयौं खसी÷बोका बिक्री

साझाकुरा
२०८० कार्तिक १, बुधबार १२:०२

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाद्वारा खसी÷बोका बजारको व्यवस्थापन गरिएको छ । यसअघि हेटौंडा–१०, बसपार्कमा अव्यवस्थित रुपमा रहेको खसी बजार त्यहाँबाट विस्थापित भएसँगै हाल १ नम्बर वडाको चौकीटोलमा व्यवस्थापन गरिएको हो ।हेटौंडा–१ चौकीटोलस्थित झोलुङ्गे पुलमुनी निर्माण गरिएको खसी बजारको मंगलबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरका प्रवक्ता एवम् १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेले उद्घाटन गरेका छन् । प्रदेश सरकारको गत आर्थिक वर्ष २०७९÷८० को १५ लाख बजेटबाट निर्मित संरचनामा मंगलबार विजयादशमीको अबसर पारेर खसी÷बोका खरिद र बिक्री कार्यको सुभारम्भ भएको हो । खसी बजार उद्घाटन भएकै दिन खाद्य प्रवद्र्धन कम्पनीले १ सय भन्दा बढी खसी÷बोका खरिद गरेको खसी बजार व्यवस्थापा समिति संयोजक बद्री अधिकारीले जानकारी दिए ।

बजार उद्घाटन गर्दै वडाअध्यक्ष न्यौपानेले हेउमनपा कृषकमैत्री रहेको उद्घोष गरे । उनले बसपार्कमा बहुउद्देश्यीय बसपार्क टर्मिनल भवन निर्माण सुरु गरेसँगै विस्थापित भएका सबै तरकारी व्यवसायीलाई हेटौंडा–१, स्थित जरुवाटोलमा पुनःस्थापित गरेको र सोही ठाउँबाट विस्थापित खसीबोका व्यापारस्थल अलपत्र अवस्थामा टिसिएनचौरमा रहेको अवस्थालाई मध्यनजर गर्दै सोको उचित व्यवस्थापनका लागि चौकीटोलमा व्यवस्थापन गरिएको बताए । उनले उपमहानगरले पशुपालक र तरकारी किसानहरुको र उपभोक्ताको सहज सम्पर्क स्थापित गरेकोमा खुशी व्यक्त गरेका छन् ।

हेटौंडा–१ चौकीटोलमा खसीबजार स्थापना गरी मानवस्वास्थ्य मात्र नभएर पशु स्वास्थ्यसमेतको संरक्षणमा उपमहानगरपालिका लागेको बताए । बसपार्कमा हुँदा घाँस–पानीसमेत खान नपाउने खसी÷बोकाका लागि चौकीटोलमा घाँस र पानीको व्यवस्था रहेको न्यौपानेले बताए । व्यावसायिक बाख्रापालक कृषक संघ मकवानपुरका अध्यक्ष झम्कनाथ सुवेदी विवेकको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१८ नम्बर वडाअध्यक्ष अनिल बानियाँ, मकवानपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष प्रमोदसिंह रानाभाट, माछामासु व्यवसायी संघ मकवानपुरका महासचिव नारायण राजथला, टोल विकास वडा समन्वय समिति अध्यक्ष रुपा ढुंगाना, हेउमनपा आर्थिक शाखाप्रमुख भैरवबहादुर कुमाललगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*