मनहरीमा आजदेखि प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता

साझाकुरा
२०८० कार्तिक १, बुधबार १२:०५

हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा आज बुधवारबाट प्रथम वडाअध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।नेपालीको महान चाड विजयादशमीको अवसर पारेर मोर्डन यूथ क्लब मकरीले मनहरी गाउँपालिकास्तरीय नकआउट भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा बिजय हासिल गर्ने समूहले २५ हजार नगदसहित ट्रफी र मेडल प्रमाणपत्र पाउने छन् । उपबिजेताले १० हजार नगदसहित ट्रफी र मेडल प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष बिशाल उप्रेतीले जानकारी दिए ।

यसैगरी, उत्कृष्ट खेलाडीलाई तीन हजार नगदसहित मेडल र प्रमाणपत्र साथै विधागत रुपमा अन्य खेलाडीलाई सम्मान गरिने आयोजकले जनाएको छ । मनहरी–१ मकरीमा रहेको बालजीवनज्योतिको खेलमैदानमा हुने खेलको फाइनल प्रतियोगिता असोज ३ गते दिनको ३ बजे हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*