मकवानपुरबाट २ करोड बढीको खसी, बोका निर्यात

साझाकुरा
२०८० कार्तिक २, बिहीबार १२:११

हेटौंडा-मकवानपुर जिल्लाबाट यसवर्ष २ करोड रुपैयाँभन्दा बढीको खसीबोका निर्यात गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगंजले मकवानपुरबाट २ करोड भन्दा बढीको खसीबोका काठमाडौं पठाएका हो ।यसवर्ष मकवानपुरबाट ९ सय खसीबोका काठमाडौं पठाइएको छ । खसीबोका खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगंज शाखाप्रमुख विकास कटुवालको टोली तीन दिन अघि मकवानपुर आएको हो । मकवानपुरको स्थानीय तहमा गएर संस्थानले खसीबोका खरीद गरेको हो । बकैया, बागमती, हेटौंडा–८ स्थित संस्थानको साविकको कार्यालय र हेटौंडा–१ चौकीटोल, झोलुङे पुलबाट खसीबोका गरिद गरिएको हो ।

विगतको वर्षहरुमा जस्तै कृषकसँग सीधै सम्पर्क गरेर खाद्यले खसीबोका खरीद गरेको शाखाप्रमुख कटुवालले बताए । कम्पनीले बागमती र बकैया गाउँपालिकाबाट मात्रै एक करोड ३० लाख मूल्य बराबरको खसीबोका खरीद गरेको छ । पालिका र बाख्रापालक व्यावसायी संघ मकवानपुरको समन्वयमा कृषकसँग खसीबोका खरीद गरिएको हो । किसानले उत्पादन गरेको खसीबोका सीधैउपभोक्तासम्म पुग्नका लागि नेपाल व्यावसायिक बाख्रापालक महासंघ मकवानपुर अध्यक्ष विवेक सुवेदीले बताए ।

२० देखि २५ किलोग्रामसम्मको खसीलाई प्रतिकेजि ५ सय ८५ रुपैयाँ र २५ किलोग्राम भन्दा बढीलाई प्रतिकेजि ६ सय ५ रुपैयाँका दरले कम्पनीले खरीदगरेको छ । बिगतका वर्षमा नामटारमा रहेको बाख्रा फर्मबाट कम्पनीले खसीबोका खरीद गर्ने गरेको थियो । स्थानीय प्रशासनले मूल्य निर्धारणमा समन्वय गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*