मनहरीमा गाउँपालिकाद्वारा दुध बिक्रीको अनुदान ५६ लाख वितरण

साझाकुरा
२०८० कार्तिक २, बिहीबार १२:१३

हेटौंडा- मनहरीका कृषकलाई दुध विक्रीवितरण गरेवापत यस वर्षदेखि गाउँपालिकाले प्रतिलिटर ३ रुपयाँ अनुदान दिन थालेको छ ।विगतमा प्रतिलिटर १ रुपयाँदेखि सुुरु भएको अनुदान यसवर्ष प्रतिलिटर ३ रुपयाँ पुगेको हो । गाउँपालिकाले प्रत्येक वर्ष अघिल्लो आर्थिक वर्षमा बिक्रीवितरण गरिएको दुधको परिणाम आुसार अनुदान रकम चालु आर्थिक वर्षमा वितरण गर्दै आएको छ । सोहीअनुरुप बुधबार गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवप्रसाद खनालले दुग्ध उत्पादक कृषक तथा दुग्ध संकलक कृषि सहकारी संस्थालाई अनुदानवापतको रकम वितरण गरे । गत आ.व. २०७९÷८० मा गाउँपालिका भित्र मात्रै कुल १ हजार २ सय ९३ कृषकले १८ लाख ६८ हजार ३ सय ७२ लिटर विक्री गरेको दुधमा अनुदान वितरण गरिएको हो ।

गाउँपालिकाले प्रतिलिटर ३ रुपयाँको दरले कूल ५६ लाख ५ हजार १ सय १९ रुपैयाँ अनुदान वितरण गरेको हो । गाउँपालिकाले दुधमा अनुदान वितरण गरेको कार्यक्रमले सामान्य दुग्ध उत्पादककृषकलाई त हौसला मिलेको नै छ साथै दुरदराजका सीमान्तकृत चेपाङ समुदाय पनि यसबाट लाभान्वित छन् । मनहरी–४ निवासी भुवन प्रजाले गत साल मात्रै विक्री गरेको ७ हजार ३६ लिटर दुध वापत २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे । मानिसलाई पौरखी सँगसँगै आत्मनिर्भर बनाउने यस्ता अनुदानमुखी कार्यक्रम आगामी दिनमा थप परिस्कृत गर्दै लैजाने कार्यवाहक अध्यक्ष खनालको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*