बजाजको बाइक खरिद गर्ने थिङ्ले जिते नगद ५० हजार

साझाकुरा
२०८० कार्तिक २, बिहीबार १२:१८

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१० स्थित होराइजन अटो प्रालिबाट बजाजको पल्सर १५० सिसिको मोटरसाइकल खरिद गर्ने मनहरी निवासी सागर थिङले लक्किड्रमार्फत नगद ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।उनलाई बुधबार होराइजन अटोका सञ्चालक राजुरत्न बज्राचार्य र लालकाजीरत्न बज्राचार्यले पुरस्कार बापतको रकम हस्तान्तरण गरेका हुन् । बडादसैंलगायतका विभिन्न पर्वको अवसरमा बजाजले पल्सर, डिस्कभर, एभेन्जर, प्लाटिनालगायत विभिन्न ब्राण्डका मोटरसाइकल खरिद गर्ने ग्राहकलाई लक्कीड्र कार्यक्रममा सहभागी हुने मौका दिएको र लक्कीड्र मार्फत नगद उपहार जित्न सक्ने सञ्चालक लालकाजीरत्न बज्राचार्यले बताए ।

उनका अनुसार सो लक्कीड्रमा सहभागी हुने ग्राहकले अधिकतम पुरस्कार नगद २५ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । यो अफर मोटरसाइकल खरिदकर्ताको लागि अहिलेसम्मकै ठूलो अफर भएको उनले बताए । बजाजले भदौ २४ गतेदेखि मंसिर १४ गतेसम्म बजारको देशैभरका विभिन्न बाइक स्वरुमहरुमा यो अफर लागू गरिरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*