खेलकुद विकास समितिको नवनिर्मित ‘खेलाडी आवासगृह’ उद्घाटन

साझाकुरा
२०८० कार्तिक २, बिहीबार १२:२६

हेटौंडा- खेलकुद विकास समिति मकवानपुरको नवनिर्मित ‘खेलाडी आवासगृह’ को उद्घाटन गरिएको छ । बुधवार हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित नवनिर्मित भवनको हेटौंडा नगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।हेटौंडा उपमहानगरपालिकाको कुल २२ लाख रुपैयाँ बजेटमा खेलकुद विकास समितिले दोस्रो तल्लाको एक हल र तेस्रो तल्लाको दुई कोठा निर्माण गरेको हो । भवनको उद्घाटन गर्दै हेटौंटा नगरप्रमुख लामाले संघसंस्था सफल भए उपमहानगरपालिका पनि सफल हुने बताइन् । खेलकुदमा उपमहानगरले करोडौं रकम लगानी गरेपनि भवन निर्माणले दीर्घकालीन रुपमा सहयोग गरेको बताउँदै प्रमुख लामाले भवनको सही सदुपयोग गर्न आग्रह गरिन् ।

त्यसैगरी, हेटौंडा उपमहानगरपालिका प्रवक्ता एवम् हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानेले नवनिर्मित भवनले टाँढाबाट आउने खेलाडीलाई होटलमा खर्च गरेर बस्नुपर्ने बाध्यता हटेको बताए । उनले खेलाडीहरुको लागि खेलकुद गतिविधि मात्रै नभइ खेलकुदका पूर्वाधारहरु पनि आवश्यक रहेको औंल्याए ।५० देखि ६० जना बस्न मिल्ने क्षमता भएको नवनिर्मित भवनले वार्षिक करिव ८ लाख बचत हुने खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गीले जानकारी दिए । कार्यक्रममा समितिका पूर्वकार्यालयप्रमुख खुशराज दाहाल राजनलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा निवर्तमान नगरप्रमुख हरिबहादुर महत, हेटौंडा–१ का वडाध्यक्ष न्यौपाने, हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जेलामा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*