जीएस निकेतनमा साँस्कृतिक कार्यक्रम

साझाकुरा
२०८० कार्तिक ३, शुक्रबार १०:३१

हेटौंडा-नेपालीहरुको महान पर्व बडादसैं, शुभदीपावली, नेपाल संवत तथा छठ पर्वको उपलक्ष्यमा ज्ञानदीप शिक्षा (जीएस) निकेतन माविले प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।विद्यालयका प्रधानाध्यापक ईश्वरप्रसाद लामिछानेको अध्यक्षता एवम् विद्यालयको संचालक संस्था ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गायन, नृत्य, देउसी–भैलो, नाटक तथा उद्घोषण प्रतियोगिताका रुपमा सम्पन्न गर्दै गरेको दुई दिवसीय कार्यक्रमको बुधबार पहिलो दिन नर्सरीदेखि कक्षा–५ सम्मका विद्यार्र्थीले सहभागिता जनाएका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटा, ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष मोहनप्रसाद न्यौपाने, सदस्य जनकराज पन्त, शिक्षक–अभिभावक संघका अध्यक्ष प्रकाश बानियाँ, लेखासमिति संयोजक गौतम केसीलगायतको आतिथ्यता थियो । कार्यक्रममा बालबालिकाका लागि किताघर, हेटौंडाबाट पुस्तक बिक्री कक्षसमेत सञ्चालन गरिएको थियो ।
किताब घरद्वारा आयोजित किताब बिक्री कक्षमा समेत विद्यार्र्थी र अभिभावकको राम्रो भिडभाड रहेको र दोस्रो दिनको कार्यक्रममा समेत पुस्तक बिक्री यथावत रहने विद्यालयका सहायक प्रिन्सिपल दीपक गौतमले जानकारी दिए । यस्तै, दोस्रो दिनको कार्यक्रममा कक्षा–६ देखि १० सम्मका विद्यार्र्थीको गायन, सामूहिक लोकनृत्य, देउसीभैलो, नाटक तथा उद्घोषण प्रतियोगिता रहेकोसमेत गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*