हेटौंडा च्यालेञ्ज कपलाई सहयोग जुट्दै

साझाकुरा
२०८० कार्तिक १३, सोमबार ०९:५०

हेटौंडा- हेटौंडामा ‘राष्ट्रिय खेलाडी बन्ने होड, खेलाडी उत्पादनमा जोड’ भन्ने नाराका साथ आयोजना हुन लागेको उमेर समूहको फुटबल प्रतियोगितामा सहयोग जुट्दै गइरहेको छ ।आगामी मंसिर ५ गतेदेखि सुरु हुने यु–२१ हेटौंडा च्यालेञ्ज कपलाई प्रथम पुरस्कार वापतको रकम सहयोग प्राप्त भएको छ । एफसी मुण्डियाल, हेटौंडाको आयोजनामा हुन गइरहेको प्रतियोगिताका लागि स्व सुदर्शन घिमिरेको स्मृतिमा शुष्मा घिमिरे र सपरिवारको तर्फबाट प्रथम पुरस्कार वापतको १ लाख ११ हजार १ सय ११ रुपैयाँ आयोजक क्लबलाई हस्तान्तरण गरिएको छ । पुरस्कार प्रायोजनसँगै प्रतियोगिताको नामाकरण ‘स्व सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेञ्ज कप’ गरिएको छ ।

क्लबका कार्यक्रम संयोजक सुदिप सिंह ठकुरीले प्रतियोगिताको तयारी तीव्र पारिएको र सहयोगी हातहरु बढ्दै गइरहेको बताए । जिल्लामा रहेका युवा फुटबल खेलाडीहरुलाई अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि अनिल पाण्डेले पनि सहयोग गरेका छन् । जेनिथ विद्यालय र हेटौंडा सिटी कलेजका सञ्चालक अनिल पाण्डेले नगद ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । पाण्डेले प्रतियोगिता आयोजनाका लागि सहयोग गरेको आयोजक एफसी मुण्डियालका सञ्चालक सुविन घिमिरेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*