नेपालमा सबैभन्दा बढी एकतले घर

साझाकुरा
२०८० कार्तिक १४, मंगलवार १०:२७

हेटौंडा- नेपालमा सबैभन्दा बढी एकतले घर रहेको तथ्याड्ढ सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याड्ढ कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्याड्ढअनुसार नेपालभर रहेका कूल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एक तले घर रहेको पाइएको हो ।त्यस्तै, दोस्रोमा २८ दशमलव ७८ प्रतिशत २ तले, ९ दशमलव १७ प्रतिशत ३ तले, १ दशमलव ३ प्रतिशत ४ तले, ० दशमलव ६४ प्रतिशत ५ देखि ७ तले, ० दशमलव १ प्रतिशत ८ देखि ९ तले र ० दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर रहेको देखिएको छ । तथ्याड्ढअनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २ दशमलव ३४ प्रतिशत रहेको छ ।

तथ्याड्ढअनुसार कूल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी २७ दशमलव ९५ प्रतिशत घर ४ वर्षसम्म पुरानो रहेको छ भने सबैभन्दा कम सय भन्दा बढी वर्षका घरहरु ० दशमलव ५ प्रतिशत रहेको राष्ट्रिय तथ्याड्ढ कार्यालयका उप–प्रमुख तथ्याड्ढ अधिकारी हेमराज रेग्मीले बताए । त्यसैगरी देशभरका कूल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ दशमलव ९८ प्रतिशत रहेको छ ।

यसैगरी, देशभरका कूल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये ४१ लाख २२ हजार ६ सय ९० अर्थात् ६१ दशमलव ८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । कूल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १ सय ८१ जना अर्थात् २५ दशमलव ५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता रहेको पाइएको छ ।

यसैगरी, कूल १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ जना पुरुषमध्ये २६ दशमलव ४२ प्रतिशत र कूल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४ दशमलव ७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा एउटा खाता रहेको छ ।राष्ट्रिय तथ्याड्ढ कार्यालयले सार्वजनिक गरेको तथ्याड्ढअनुसार देशभरका कूल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये ८ लाख ३६ हजार १ सय २७अर्थात् १२ दशमलव ५५ प्रतिशत परिवारमा कम्तिमा १ जना व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएको देखिएको छ । जम्मा १० लाख ८१ हजार ६ सय ४६ जना व्यक्ति अर्थात् ५ दशमलव ६७ प्रतिशत व्यक्तिले उक्त तालिम लिएको जनाइएको छ । देशभरका कूल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये २५ दशमलव ५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । नेपालमा करिब ६ लाखभन्दा बढी घरहरु रित्तो अवस्थामा रहेको तथ्याड्ढ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*