मनहरी–२ मा भिमान स्मृति फुटबल हुँदै

साझाकुरा
२०८० कार्तिक १४, मंगलवार १०:३८

हेटौंडा- मकवानपुर जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको २ नम्बर वडामा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।खेलकुद विकास समिति मनहरी–२ ले नेपालीहरुको महान पर्व शुभ दीपावलीको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिता यही कात्तिक २० गतेदेखि सुरु हुनेछ । त्रिरत्न प्राविको खेल मैदान मनहरी–२ मा हुने उक्त प्रतियोगितामा सहभागी हुन कात्तिक १८ गतेसम्ममा टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।टिम दर्ता गर्न ५ हजार रुपैयाँ शुल्क लाग्नेछ भने टिममा एउटा वडाका खेलाडी अर्को वडामा समावेश गर्न नपाइने नियम बनाइएको छ । उक्त प्रतियोगिताको बिजेता समूहले ५० हजार ५ सय ५५ रुपैयाँ र उपविजेता समूहले २५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*