थाहाका खेलाडी भलिबलमा भाग लिन जिरी प्रस्थान

साझाकुरा
२०८० कार्तिक १५, बुधबार १२:०९

हेटौंडा, १४ कात्तिक÷ थाहा नगरपालिकाको भलिवल टोली दोलखाको जिरीमा १५ कात्तिकदेखि हुने जिरी च्याम्पियनसिपमा भाग लिन प्रस्थान गरेको छ । युवा सञ्जाल जिरीको आयोजनामा जिरी च्याम्पियनसिप २०८० हुन लागेको हो । थाहा नगरपालिकाबाट छानिएका खेलाडीहरुको टिम च्याम्पियनसिपमा भाग लिन १४ कात्तिकमा जिरी प्रस्थान गरेको हो । नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जितको शुभकामना सहित टोलीलाई विदाई गरेका थिए । मंगलबार जिरी पुगेर विश्राम गर्ने र भोलि (१५ कात्तिक)माप्रतियोगितामा सहभागी हुने टिम व्यवस्थापक रुपका कार्कीले जानकारी दिए ।

टोलीमा टिम क्याप्टेन बलराम सुवेदी, कुशल लामा, राम कार्की, मनिष लामालगायत खेलाडीहरु सहभागी छन् । दोलखाको पर्यटकीय जिरीस्थित दोलखामा खेलकुद महोत्सवकै रुपमा च्याम्पियनसिपको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । भलिबल खेलको प्रथम पुरस्कार राशि नगद १ लाख ५१ हजार रुपियाँ रहेको छ । द्वितीय १ लाख १ हजार, तृतीय ५१ हजार र सान्त्वना पुरस्कार राशि २५ हजार रुपियाँ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*