थाहामा कात्तिक अन्तिममा विनयबाबु बस्नेत स्मृति भलिबल

साझाकुरा
२०८० कार्तिक १७, शुक्रबार ११:५७

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको प्रतिष्ठित विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । थाहा नगरपालिका वडा नम्वर–२ मा हुने प्रतियोगिता कात्तिक २५ गतेबाट सुरु भएर २७ गते समापन हुने विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि कात्तिक २३ गतेसम्म टिम दर्ता गरिसक्नु पर्र्न कार्कीले बताए ।

दर्ता शुल्क प्रतिष्ठानले तीन हजार रुपैयाँ तोकेको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीयलाई २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधाअन्तर्गत् उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ ।प्रतियोगिताको हरेक खेलमा म्यान अफ दी म्याच प्रदान गरिने छ ।

प्रतियोगितामा करिव १५ वटा टिमले सहभागिता जनाउने आयोजक प्रतिष्ठानको अनुमान रहेको छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले छैठौं संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको पाँचौ संस्करणको उपाधि मकवानपुरगढी गाउँपालिकाले जितेको थियो । सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी निधन भएपछि उनको नाममा वि.स. २०७४ सालबाट प्रतियोगिता सुरु गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*