हेटौंडामा शिक्षक संगठन प्रदेश अधिवेशन

साझाकुरा
२०८० कार्तिक १७, शुक्रबार ११:५९

हेटौंडा- हेटौंडामा नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशको अधिवेशन आगामी मंसिर २२ र २३ गते हेटौंडामा हुने भएको छ ।काठमाडौंको दरबार स्कुलमा कात्तिक १४ गते बसेको प्रदेश समितिको विस्तारित बैठकले अधिवेशन हेटौंडामा गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष नीरबहादुर कार्कीको अध्यक्षतामा भएको बैठकले महत्वपूर्ण सांगठनिक निर्णयहरु समेत गरेको सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए । संगठन प्रदेश सदस्य एवम् मकवापुर अध्यक्ष श्रीराम दाहालले अधिवेशनको आन्तरिक तयारी अघि बढाइने जनाए ।

विस्तारित बैठकले अधिवेशनका लागि विषयगत जिम्मेवारी समेत तोकेको छ । जसअन्तर्गत प्रदेश उपाध्यक्षको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन भएको छ भने खाना, आवास तथा मञ्च व्यवस्थापन उपसमितिमा संयोजक जिल्लाका अध्यक्ष श्रीराम दाहाल सहितका सदस्यहरु रहेका छन । यसैगरी, प्रदेश सचिवको संयोजकत्वमा गठित प्रचारप्रसार उपसमितिमा सदस्य सुनिल गौतमसहित प्रदेशका १३ वटै जिल्ला अध्यक्षहरु रहेका छन । आर्थिक व्यवस्थापन उपसमितिमा कोषाध्यक्षको संयोजकत्वमा १३ वटै जिल्लाका अध्यक्षहरु सदस्य तोकिएका छन । प्रदेश सहसचिवको संयोजकत्वमा गठित टिपोट समितिमा प्रदेश सदस्य सुनिल गौतम र रसुवा जिल्ला अध्यक्ष सदस्य रहने गरी जिम्वेवारी प्रदान गरिएको छ ।

अधिवेशन सचिवालय व्यवस्थापनतर्फ प्रदेश समिति सचिवालय सदस्य मोहन शर्माको संयोजकत्वमा सदस्य सुनिल गौतम तथा मकवानपुरका बालकृष्ण दाहाल, मधु आचार्य र कृष्णप्रसाद पोखरेललाई सदस्य तोकिएको छ । निर्वाचन अधिवेशन समेत भएकाले बैठकले जिल्ला बार मकवानपुरका पूर्वअध्यक्ष मदन दाहालको संयोजकत्वमा संगठन राष्ट्रिय समिति निवर्तमान सदस्य पद्मा पौडेल र राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछानेलाई निर्वाचन मण्डलको जिम्वेवारी प्रदान गरेको छ ।

निर्णय बमोजिम प्रदेशअन्तर्गत रहेका प्रत्येक जिल्लाले मंसिर १५ सम्म प्रतिनिधिहरुको नामावली नयाँ संशोधित विधान बमोजिम प्रदेश समितिलाई उपलब्ध गराउनुपर्नेछ । बैठकले बारा जिल्ला कलैयाको बाल एकता बोर्डिङ इङ्लिस स्कुलका प्रिन्सिपल रुपेस सर्राफको हतियारधारी अज्ञात समूहले गोली हानी गरिएको हत्याप्रति घोर भत्र्सना गर्दै दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै विज्ञप्ती समेत जारी गरेको छ ।यता विद्यालय शिक्षा विधेयकका सन्दर्भमा पछिल्लो समय भएको काठमाडौं केन्द्रित शिक्षक आन्दोलनका सम्वन्धमा पनि विस्तारित बैठले गम्भीर छलफल गरेको छ ।

आन्दोलबाट प्राप्त हुनुपर्ने उपलब्धीलाई नेतृत्वले गरेको नजर अन्दाजप्रति गम्भीर भएर अन्तरसंगठन छलफल हुनुपर्ने माग राख्दै बैठकले सचेत समेत गराएको छ । यसअघि संगठनका ६० जिल्ला अध्यक्षले असन्तुष्टी व्यक्त गर्दै राष्ट्रिय समितिलाई हस्ताक्षरसहित राष्ट्रिय भेला बोलाउन माग गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको प्रदेस सदस्य एवम् मकवानपुर अध्यक्ष श्रीराम दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*