बागमती प्रदेशस्तरीय भलिबलमा थाहा उपबिजेता

साझाकुरा
२०८० कार्तिक २०, सोमबार ०९:०५

हेटौंडा- दोलखाको जिरीमा भएको बागमती प्रदेश स्तरीयअन्तरपालिका भलिवल च्याम्पियनसिप प्रतियोगितामा थाहा नगरपालिका उपविजेता बनेको छ ।प्रतियोगिताको फाइनल खेलमा थाहा नगरलाई भरतपुर महानगरपालिकाले पराजित गरेको छ । शनिबार हुने भनिएको फाइनल खेल वर्षाका कारण स्थगित भइको थियो । आइतबार भएको फाइनल खेलमा उत्कृष्ट प्रदर्शनका बावजुद थाहा नगरपालिका उपबिजेतामै सीमित भएको थाहा नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए । खेलाडीको हौसला बढाउनका निम्त फाइनल खेल हेर्न थाहाका नगर प्रमुख विष्णुबहादुर विष्ट र उपप्रमुख भरत गोपाली जिरीमै पुगेका थिए ।

थाहा नगरपालिकाको खेलको उच्च प्रशंसा गर्दै जिरीमै रहेका थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले थाहा नगरपालिका खेलकुदमा पनि अब्बल रहेको बताए । उपप्रमुख भरत गोपालीले थाहा नगरपालिकाले भलिवलमा बागमती प्रदेशको दोस्रो स्थान हासिल गर्नु प्रतिष्ठाको विषय बनेको बताए । थाहा नगरपालिकाले उपविजेता हुँदै १ लाख एक हजार नगद पुरस्कार पाएको छ । भरतपुर महानगरपालिकाले विजेता बनेर २ लाख पुरस्कार, शिल्ड, मेडल हात पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*