बीबीएस चौँथो वर्षमा ८८ प्रतिशत उत्तीर्ण

साझाकुरा
२०८० कार्तिक २२, बुधबार ११:४९

हेटौंडा-उत्तरी मकवानपुरको अग्रणी शैक्षिक संस्था पालुङ क्याम्पसबाट बीबीएस चौँथो वर्षको परीक्षामा ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन ।उत्तरी क्षेत्रमा पालुङ क्याम्पसमा मात्रै स्नातक तहको पढाइ हुने गरेको छ । बीबीएस चौथो वर्षको परीक्षाले पालुङ क्याम्पस शैक्षिक गुणस्तर र नतीजामा उत्कृष्ट ठहरिएको छ । २० कात्तिक सोमबारमा त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको बीबीएस चौँथो वर्षको परीक्षाको नतिजाअनुसार पालुङ क्याम्पसबाट ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको क्याम्पस प्रमुख राजन मिश्रले जानकारी दिए ।

सहायक प्राध्यापक सन्तोष हमालका अनुसार पालुङ क्याम्पसबाट यसवर्ष ६ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । एक जना विद्यार्थीको ८२५ अंक, ७०५ बढी अंक ल्याउने ५ जना छन । उपयुक्त शैक्षिक वातावरण, लगनशील विद्यार्थी, प्रतिबद्ध प्राध्यापक र व्यवस्थापकीय सक्षमताका कारण क्याम्पसले उत्कृष्ट नतिजा हासिल गरेको क्याम्पस प्रमुख मिश्रले बताए । क्याम्पसको नतिजा सार्वजनिक भएपछि थाहा नगरपालिकाका नगर प्रमुुखसमेत रहेका क्याम्पस सञ्चालक समिति अध्यक्ष विष्णुबहादुर विष्टले उत्तीर्ण विद्यार्थीलाई बधाइ दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*