थाहा फिल्म फेस्टिबलमा दैनिक नेपाली चलचित्र देखाइने

साझाकुरा
२०८० मंसिर ३, आईतवार ११:००

हेटौंडा-थाहा फिल्म फेस्टिभलको साताव्यापी कार्यक्रम हरेक दिन नेपाली चलचित्र देखाइने भएको छ । आयोजकले सोही अनुसार कार्यतालिका तयार पारेको संयोजक प्रमोद जोशीले बताए ।कार्यक्रमका लागि ६ वटा नेपाली कथानक चलचित्र र १६ वटा लघुचलचित्र र ६ डकुमेन्ट्री प्रदर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए । जोशीका अनुसार फेस्टिभलमा डेसान, ऐना झ्यालको पुतली, बुलबुल, राधा, प्रकाश र आमा खाण्डो सहित चलचित्र तथा लघुचलचित्र र वृत्तचित्रहरु प्रदर्शन गरिनेछ । थाहानगरको जेसीज हलमा फिल्म देखाइने उनको भनाई छ ।

मङ्सिर १० गते ११ बजेदेखि १ बजेसम्म बुलबुल, १ बजेदेखि ३ बजेसम्म जुनको, कन्फ्युजन, बेर ट्रिज इन द मिस्ट, ३ बजेपछि आइरन डिगर प्रदर्शन गरिने छ भने मङ्सिर ११ गते ११ बजेदेखि १ बजेसम्म ऐना झ्यालको पुतली, १ बजेदेखि ३ बजेसम्म सेनाको चेली, युद्धका बाछिटा, कलम ३ बजे गुर्खा गर्ल, गड्स बफेलो, को–हज्ब्याण्ड प्रदर्शन गरिने छ । मङ्सिर १२ गते ११ बजेदेखि १ बजेसम्म प्रकाश, १ बजेदेखि ३ बजेसम्म जालगेडी, जुनुको जुत्ता, हील्स अन द बस, ३ बजेपछि हेयर कट, मङ्सिर १३ गते ११ बजेदेखि १ बजेसम्म आमा खाण्डो, १ बजेदेखि ३ बजेसम्म ¥याटलिङ, फ्यान, छोरा, डिभिनेशन, ३ बजेपछि म अलप हुन चाहन्छु, मङ्सिर १४ गते ११ बजेदेखि १ बजेसम्म द सेक्रेट्स अफ राधा, १ बजेदेखि ३ बजेसम्म दाद्या, मलामी ३ बजेपछि डेसान प्रदर्शन गरिने छ ।

फिल्म फेस्टिभलमा थाहाका पर्यटकीय सम्भावनालाई उजागर गर्ने वृत्तचित्र प्रदर्शन गरिने भएको छ । फेस्टिभलमा प्रदर्शनी गर्न स्थानीयस्तरका विभिन्न क्षेत्रमा छायाङकन गरिएको वृत्तचित्र प्रदर्शन गरिने संयोजक जोशीले बताए । फेस्टिभलको उद्घाटनका दिनमा नै वृत्तचित्र देखाइने उनले बताए । मङ्सिर ९ गते बिहान ११ बजे उद्घाटनकै दिन दिउँसो ३ बजे स्थानीयस्तरमा तयार बनाइएको थाहा वृत्तचित्र प्रदर्शन गरिने उनको भनाई छ । उद्घाटनमा प्रदर्शनका लागि आयोजकले वृत्तचित्र छायांकन गरी निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए । फिल्म फेस्टिभलमा नेपाली कथानक चलचित्र, लघुचलचित्र र वृत्तचित्र प्रदर्शन गर्ने क्रममा थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि स्थानीयपन झल्काउने वृत्तचित्र तयार पारिएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*