शिक्षकको देउसीभैलोको रकम भूकम्पपीडितलाई

साझाकुरा
२०८० मंसिर ५, मंगलवार ११:३९

हेटौंडा-शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक संघले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई रकम सहयोगगरेको छ । नेपाल शिक्षक संघ मकवानपुरले देउसीभैलोबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेकोहो । संघ मकवानपुरले कार्तिक २७ गते आयोजना गरेको देउसीभैलोबाट संकलित ६० हजार १७० रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको हो । संघले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषअन्तर्गत पुतलिसडक काठमाडौंस्थित राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत रकम सहयोग गरेको संघ मकवानपुर सचिव श्रीराम लुईटेलले जनाएका छन् ।

सोमबार दिउँसो नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाई नेतृत्वको टोलीले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईलाई कोषमा जम्मा गरेको रकमको बैंक भौचर बुझाएको हो । नेपाल शिक्षक संघ मकवानपुरले देउसीभैलो कार्यक्रमको आयोजनागरेर भूकम्पपीडितलाई सहयोग पुगोस भन्दै रकम नेपाल सरकारमार्फत सहयोग गरिएको संघका मकवानपुर अध्यक्ष हुमागाईले बताएका छन् । उनले विपद र विपदबाट उत्पन्न हुने समस्यामा सहयोग गर्न शिक्षक संघ सँधै तयार रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*