निःशुल्क शिविर गर्दै आँखा अस्पताल

साझाकुरा
२०८० मंसिर ६, बुधबार ११:३३

हेटौंडा-हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरसहित तराईका जिल्लाहरुमा आँखा शिविर संचालन गर्ने भएको छ । तिलगंगा आँखा प्रतिष्ठानद्वारा संचालित अस्पतालले मंसिर र पुस महिनामा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लाहरुमा निःशुल्क आँखा शिविर गर्ने जनाएको छ ।आफ्नो तालिका अनुसार मंसिर र पुसमा विभिन्न जिल्लामा निःशुल्क शिविर गर्दै आइरहेको आँखा अस्पतालले यो वर्ष पनि निःशुल्क शिविर गर्न लागिएको व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी ८, ९, २५ र २६ गते मकवानपुरको बागमती गाउँपालिकामा निःशुल्क आँखा शिविर हुनेछ । यस्तै सर्लाहीलगायतका तराईका जिल्लाहरुमा भने पुस महिनाबाट शिविर संचालन गरिने श्रेष्ठले बताए ।

जाडो मौसम सुरु भएसँगै आँखाको शल्यक्रिया गर्नु उपयुक्त हुने भएकोले आँखा अस्पतालले स्थानीय समुदायसँगको सहकार्यमा शिविरको आयोजना गर्ने गरेको अस्पतालले जनाएको छ । निःशुल्क आँखा शिविरमा आँखाको परीक्षण गर्नुका साथै मोतिविन्दुको समस्या भएका बिमारीको शल्यक्रिया निःशुल्क रुपमा गर्ने ब्यबस्था गरिने ब्यबस्थापक श्रेष्ठ बताए । मोतिविन्दुको शल्यक्रियाका लागि बिरामीलाई निःशुल्क खानेबस्ने सुबिधासहित यातायातको ब्यबस्था गरी हेटौंडास्थित अस्पतालमै ल्याउने गरिएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*