मंसिर १४ बाट महिला तथा पुरुष भलिबल प्रतियोगिता

साझाकुरा
२०८० मंसिर १०, आईतवार १०:३०

हेटौंडा-हेटौडा उपमहानगरपालिकाको सहयोगमा भलिबल प्रशिक्षक स्व. केशबालाल श्रेस्ठ स्मृति उपमेयरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि आयोजना हुने भएको छ । प्रतियोगिताको छैठौं सस्करणका रुपमा १४ गतेदेखि १७ सम्म आयोजना गरिने प्रतियोगिता हेटौडा–१९ नेवारपानी सहरी स्वास्थ्यकेन्द्रको खेलमैदानमा हुने जिल्ला भलिवल संघका अध्यष बसन्तकुमार सिटौलाले जानकारी दिए ।

संघले हेटौंडा उपमहानगरका सबै वडाका महिला तथा पुरुष भलिबल खेलाडीलाई सहभागी हुन सूचना जारी गरेको अध्यक्ष सिटौलाले बताए ।प्रतियोगिताको बिजेता टिमले ५० हजार रुपैयाँ नगद र मेडल तथा प्रमाणपत्र पाउनेछन् भने उपबिजेताले ३० हजार रुपैयाँ तथा मेडल, प्रमाणपत्र पाउने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*