राक्सिराङमा ‘चेपाङलाई बिजुली कार्यक्रम’ सुरु

साझाकुरा
२०८० मंसिर १५, शुक्रबार ११:३४

हेटौंडा-मकवानपुरको राक्सिराङ गाउँपालिकाले ‘चेपाङलाई बिजुली कार्यक्रम’ अभियान सुरु गरेको छ । अहिले गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पु¥याउने गरी काम भइरहेको छ ।राक्सिराङको खैराङ, काँकडा, दाम्राङलगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न बाँकी छ । खैराङ, काँकडालगायत विद्युत् नपुगेको स्थानमा अहिले दैनिक करिब दुई सय मजदुरले पोल गाड्ने, तार तान्नेलगायतका काम गरिरहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

विद्युत् विस्तार गर्ने क्रममा वडा नं ९ को खैराङ र ७ को धिराङ, दाम्राङलगायतका क्षेत्रमा यसै आर्थिक वर्षभित्र बत्ती बाल्ने गरी धमाधम काम भइरहेको उनले बताए । ३१ करोड रुपैयाँको बजेटमा नरेन्द्र इलेक्ट्रोनिक कम्पनी काठमाडौंले काम गरिरहेको र विद्युतको कामका लागि स्थानीयस्तरबाट सहयोग भइरहेको उनले बताए । ‘मजदुरसँगै स्थानीयले काम गरिरहेका छन्, विद्युत् नपुगेको ठाउँमा पु¥याउने र काठेपोल विस्थापित गर्ने अभियानमा लागेका छौँ’, अध्यक्ष मल्लले बताए ।

सहजरुपमा विद्युत् उपलब्ध भएपछि पर्यटन उद्योग र कृषिलाई पनि यहाँ सहज हुने छ । यस क्षेत्रमा सामूहिक कार्यका लागि सामुदायिक भवन बनाउने, गलैंचा उद्योग खोल्नेलगायतका योजना अघि बढेको अध्यक्ष मल्लले बताए । विद्युत् उपलब्ध भएपश्चात घरैबाट गलैंचाको काम गर्न सकिने उनले बताए । आगामी वैशाख महिनासम्म यस क्षेत्रमा विद्युतबाट बत्ती बाल्ने योजना रहेको र सँगसँगै बाटो सफा गर्ने अभियान पनि सञ्चालन भइरहेको जनाइएको छ । राक्सिराङ भौगोलिकरुपमा विकट रहेको गाउँपालिका हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*