जनप्रियको ४७ औं वार्षिकोत्सव

साझाकुरा
२०८० मंसिर १७, आईतवार ११:३३

हेटौंडा- जनप्रिय माविको ४७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमकाबीच सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरुको प्रमुख आतिथ्यता तथा शिक्षक अभिभावक संघका अध्यक्ष गुणराज रानाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा खेलकुदसम्वन्धी विविध कार्यक्रम भएको हो । कार्यक्रममा प्रधानाध्यापक भुपेन्द्र चौलागाईको अध्यक्षता रहेको थियो ।वार्षिकोत्सवको अवसर पारी विद्यालयले बिभिन्न कार्यक्रम आयोजना गरेको छ । जसमा नर्सरी, केजी १,२ र ३ कक्षाका लागि भ्यागुतो उफ्राई, बेलुन फूटाई, तातो आलू र बेलुन च्यापेर बोक्ने खेल सञ्चालन भएको थियो ।

त्यसैगरी कक्षा ४ र ५ को लागि म्यूजिकल चेयर र म्याथ रेस खेल भएको थियो । यसैगरी कक्षा ६,७ र ८ आधारभूत तहमा जोडी बोकेर दौडाइ, १०० मिटर दौड र म्याथ रेस प्रतियोगिता भएको थियो । यसैगरी कक्षा ९ र १० का लागि लङजम्प, ट्रिपल जम्प तथा बास्केट बल प्रतियोगिता सञ्चालन भएको थियो ।यसैगरी कक्षा ११ र १२ साधारण तथा प्राविधिक धारतर्फ मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको थियो । कार्यक्रममा नेपाली माध्यम संयोजक नीरबहादुर खड्का, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा एवम् बौद्धिक विभाग संयोजक सम्प्रस पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*