४ नम्बर वडामा नयाँ भवन, जग्गादातालाई सम्मान

साझाकुरा
२०८० मंसिर २०, बुधबार ११:१८

हेटौंडा-इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ४ को कार्यालय उद्घाटन गरिएको छ । मकवानपुर प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् ।जिल्ला समन्वय समिति मकवानपुरका र गाउँपालिकाको संयुक्त लगानीमा वडा कार्यालय भवन निर्माण सकिएसँगै उद्घाटन गरिएको हो । चार कोठे वडा कार्यालय भवन निर्माण सम्पन्न भएसँगै अब वडाबाट हुने सबै प्रशासनिक कार्य सहजै संचालन गर्न सकिनेछ ।

यसअघि पुरानो भवनबाट सेवाप्रवाह हुँदै आएकोमा नयाँ भवनबाट सहज हुने गाउँपालिकाले जनाएको छ । ४ नम्बर वडाका हरिकुमार लामाले ६ आना ३ पैसा तथा जगतबहादुर डिम्डुङले १२ आना क्षेत्रफल जग्गा वडा कार्यालयलाई भवन बनाउन दान गरेपछि सुविधा सम्पन्न भवन निर्माण गरिएको जनाइएको छ ।

भवन उद्घाटनको अवसरमा जग्गादाता दुवै जनालाई सम्मान गरिएको छ । ४ नम्बर वडाध्यक्ष चन्द्रकुमार बलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमा लामा, पालिकाका निवर्तमान अध्यक्ष जीवन लामा, प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्की, वडा नम्बर ३ का अध्यक्ष प्रताप भोम्जन, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष धनवीर स्याङ्तानलगायतको आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रममा कर्मचारी तथा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*