बसामाडीको जेसीज सप्ताह सुरु

साझाकुरा
२०८० मंसिर २१, बिहीबार ११:००

हेटौंडा- बसामाडी जेसीजको नियमित कार्यक्रमअन्तर्गत जेसीज सप्ताह सुरु भएको छ । बुधबार हेटौंडाको फुटसल मैदानमा मैत्रीपूर्ण फुटसल प्रतियोगितासँगै सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरिएको हो । प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा र नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको विशेष आतिथ्यतामा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता एवम् सप्ताहव्यापी कार्यक्रमको उद्घाटन कार्यक्रममा बस्तीपुर जेसीजका अध्यक्ष प्रेमबहादुर गोङ्बा, प्रस्तावित चैनपुर जेसीजका अध्यक्ष गणेश दर्पण अधिकारी, प्रस्तावित मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनी, हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत बर्तौलाको आतिथ्यता रहेको थियो ।

त्यस्तै बुधवार नै हेटौंडा–१६ मा रहेको जनप्रिय मावि हटियाका लागूपदार्थ दुब्र्यसनविरुद्ध सचेतना कार्यक्रम भएको छ । विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीको सहभागिता रहेको सचेतना कार्यक्रममा मकवानपुर रिकभरी ग्रुपका उद्वव केसीले विद्यार्थीलाई लागूपदार्थ दुब्र्यसनीविरुद्ध प्रशिक्षण दिएका थिए । कार्यक्रम नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जनप्रिय मावि हटियाका सहप्राध्यापक रामआशिष मण्डल, शिक्षक रविन श्रेष्ठको आतिथ्यता रहेको थियो ।

बसामाडी जेसीज वर्ष २०२३ का अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा भएको दुबै कार्यक्रमा कार्यक्रम संयोजकहरु मनिष खड्का, ध्रुव गौतम, सहमूलकार्यक्रम संयोजक तथा उपाध्यक्ष परमेश्वर पौडेल, जेपी यादव, मूलकार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसी उद्धवराज कठायतलगायत जेसीजका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।सप्ताह कार्यक्रम अन्तरगत मंसिर २१ गते बिहीबार परिवार नियोजन संघको कार्यालयमा प्रजनन तथा परिवार नियोजन सम्वन्धी अन्तरक्रिया र हाम्रोघर हेटौंडा–५ मा बालबालिकासँग जेसीजको सहयोगी हात कार्यक्रम सञ्चालन हुने बसामाडी जेसीज वर्ष २०२३ का तालिम संयोजक बुद्धराज अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*