राक्सिराङका विपन्न परिवारलाई मौरीसहितको घार वितरण
हेटौंडा-राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का २५ घरधुरिलाई मौरी सहितको घार बितरण गरिएकोहो । नारीसीप सिर्जनाकेन्द्र नेपालको साझेदारिमा संचालित मकवानपुरमा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजनाअन्तर्गत राक्सिराङ गाउँपालिका वाड नंम्बर ५ बोटवारी र साचकका २५ घरधुरीलाई मौरी सहितको घार बितरण गरिएको हो ।बुधबार दुई छुट्टाछुट्टै स्थानमा भएको बितरण कार्यक्रममा साचकटोलमा ११ घर र बोटबारीमा १४ घर गरी २५ घरलाई बितरण गरिएको फिल्ड संयोजक गीता अर्यालले जानकारी दिइन् ।
कार्यक्रमले बिपन्न चेपाङ समुदायलाई समेटेको र मौरी पालनबाट उनीहरुको आर्थिकस्तर बढ्ने उद्देश्यले मौरी सहित घार बितरण गरिएको परियोजना संयोजक ज्योति बम्जनले बताइन् । सेरेना जातका मौरी प्रतिघर २÷२ वटा घार बितरण गरिएको हो । मकवानपुरमा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना कार्यक्रम अन्तर्गत मौरीघार प्राप्त गर्ने बिपन्न परिवारका सदस्यलाई यस अघि नै हेटौंडामा मौरीपालनसम्बन्धी तालिम प्रदान गरिसकेको थियो ।
परियोजनाले जीबिकोपार्जन अन्तर्गत तालिमपस्चात बाख्रा, मौरी, बंगुर बितरण गर्दै आईरहेकोछ । त्यस्तै गरी कृषितर्फ सिंचाइ निर्माण, तालिम, बीउ, टर्नेललगायत अन्य क्षेत्रमा सहयोग र बजार ब्यबस्थापनमा समेत सहयोग गर्दै आइरहेकोछ । मानवबेचबिखन नियन्त्रण तथा सुरक्षित आप्रबासन सम्बन्धी सचेतना गाउँगाउँमा पु¥याउदै आइरहेको परियोजनाले राक्सिराङ गाउँपालिकाको ७ वटा वडालाई कार्यक्षेत्र बनाउदै कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
परियोजनाले यस कार्यक्रमको लगत्तै डिसेम्बरमा राक्सिराङ–८ देबीटारमा १६३ मिटर र राक्सिराङ–३ को दमारमा पक्की नहर निर्माणको कार्यलाई अगाडि बढाउन लागिएको बताइएको छ । मौरीसहितको घार बितरण कार्यक्रममा राक्सिराङ–५ का वडाअध्यक्ष हरिबहादुर प्रजाको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रजाले बिपन्नतासँग लड्न परियोजनाले ठूलो सहयोग गरेको बताए ।
कार्यक्रममा नारीसीप सिर्जनाकेन्दका कार्यबाहक अध्यक्ष नानीमाया चापागाईं मौरीपालक महासंघ नेपालका महासचिव तथा युनिक मौरी पालन केन्द्र मनहरीका संचालक शालिकराम बानियाँलगायत अन्य सदस्यहरु, परियोजना संयोजक ज्योति बोम्जन, फिल्ड संयोजक गीता अर्याल, सामाजिक परिचालक दिलबहादुर लामा र सहजकर्ताको उपस्तिथिति रहेको थियो ।