टोल विकासको साधारणसभामा विद्यार्थी सम्मानित
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–३, स्थित मनकामना सरस्वती टोल विकास संस्थाको पाँचौं वार्षिक साधारणसभा भएको छ ।साधारणसभामा २०७९ सालको एसईई परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण भएका ९ जना विद्यार्थीलाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएकोसाधारणसभामा हेटौंडा–३ का वडाअधयक्ष ढलकबहादुर थापा, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका महासचिव शिवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, सदस्य ठिसाङ लामा तथा हेटौंडा उपमहानगरपालिका समाजकल्यण शाखाकी गोपिनी गौतमको आतिथ्यता रहेको थियो । साधारणसभा टोल विकास संस्थाका अध्यक्ष रोशन गोलेको सभाध्यक्षता भएको हो ।