रेफ्रीलाई अभद्र व्यवहार गर्ने खेलाडी र क्लब कारबाहीमा

साझाकुरा
२०८० मंसिर २७, बुधबार ११:१४

हेटौंडा- हेटौंडा–५, पिप्लेक्याम्पा रंगशालामा जारी जिल्ला लिग क्वालिफाई फुटबल प्रतियोगितामा रेफ्रीमाथि अभद्र व्यवहार गर्ने खेलाडी र क्लब कारबाहीमा परेको छ ।मकवानपुर जिल्ला फुटबल संघले रेफ्रीलाई हातपात र अभद्र व्यवहार गर्ने खेलाडी र क्लबलाई कारबाही गरेको हो । सोमबार जिल्ला लिग क्वालिफाइ फुटबल प्रतियोगितामा पञ्चशील र दि रिभाइबल क्लबबीचको खेलमा रेफ्रीमाथि हातपात सहित अभद्र व्यवहार गरिएको भन्दै जिल्ला फुटबल संघले दि रिभाइबल क्लबलाई कारबाही गरेको हो । क्लबका गोलरक्षक, कप्तान, खेलाडी र टिम म्यानेजरलाई ३ वर्षसम्मको प्रतिबन्धको निर्णयगरेको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

खेल सकिएर रेफ्री ग्राउन्ड बाहिर निस्कदा दि रिभाइबल क्लबका खेलाडी, अफिसियल सहित टिम मेनेजरले रेफ्रीमाथि हातपात, अभद्र व्यवहार गरेको जिल्ला फुटबल संघले जनाएको छ । संघको मंगलबार बिहान बसेको बैठकले दि रिभाईबल क्लबलाई ३ वर्षको प्रतिबन्ध लगाउने, क्लबका गोलरक्षक तथा कप्तान अनिल लोलाई २ बर्षको प्रतिबन्ध गर्ने, खेलाडी सुनिल खड्गीलाई ३ वर्षको प्रतिबन्ध लगाउने र क्लबका टिम म्यानेजर कृष्णबहादुर ठकुरीलाई ३ वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

क्लबका अध्यक्ष ओम गुरुङ कृष्णलाई समेत एक वर्षको प्रतिबन्ध लगाइएको संघले जनाएको छ । प्रतिबन्धमा परेको खेलाडी तथा अफिसियल एन्फाद्वारा आयोजित फुटबल प्रतियोगिता र एन्फा रेफ्री आबद्ध प्रतियोगितामा सहभागी हुन नपाईने गरी प्रतिबन्ध गरिएको जिल्ला अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*