१७८ जनाको परीक्षण गर्दा २२ जनामा मोतियाबिन्दु

साझाकुरा
२०८० मंसिर २९, शुक्रबार ११:२६

हेटौंडा- मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा बिहीबार अयोजित आँखा परीक्षण शिबिरमा एक सय ७८ जनाले आँखा परीक्षण गराएका छन् । बनकरिया, तामाङ, चेपाङ लगायत समुदायका आँखाका रोगीले आँखा परीक्षण गराएका थिए । हेटौंडा सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले आँखापरीक्षण गरेको हो । रोटरी क्लब अफ मकवानपुर, रोट्रयाक्ट क्लब अफ हेटौंडाको समन्वयमा भएको आँखा परीक्षण शिबिरमा २२ जनामा मोतियाबिन्दुको रोगी फेला परेका छन् । मोतियाबिन्दु देखिएका २२ जनालाई शुक्रबार सामुदायिक आँखा अस्पताल हेटौंडामा निशुल्क शल्यक्रिया गर्ने तयारी भएको रोटरी क्लबका कार्यक्रम संयोजक उमाप्रसाद रौनियारले बताए । मोतियाबिन्दुका कारण आँखा देख्न नसक्ने भएका ग्रामीण क्षेत्रका बिपन्न बर्गका नागरिकलाई मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिदिने रौनियारले बताए ।

शिबिरमा विद्यालयमा अध्ययनरत बालबालिकाले पनि आँखा परीक्षण गराएका थिए । रोटरीले क्लब मकवानपुरले जिल्लाका बिभिन्न ग्रामीण क्षेत्रमा निशुल्क आँखा परीक्षण सिबिर संचालन गर्दा मोतियाबिन्दुका रोगीको निशुल्क सल्यक्रिया गरेर सहयोग गरिरहेको रोटरी क्लवका निर्वाचित अध्यक्ष प्रकाश ढकालले बताए । पशुपतिनाथ माविमा संचालित आँखा परीक्षण शिबिरमा मनहरी–४ का वडाअध्यक्ष प्रकाश थापा, मनहरी गाउँ कार्यपालिका सदस्य मीरा खत्री, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष माधब गौतम, रोटरी क्लब र रोट्रयाक्ट क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*