५५ जना विद्यार्थीलाई स्काउट पोशाक वितरण

साझाकुरा
२०८० मंसिर ३०, शनिबार १४:३१

हेटौंडा-मकवानपुरको पूर्वीक्षेत्रस्थित बागमती गाउँपालिका–१ वडा कार्यालयले स्काउटका विद्यार्थीलाई स्काउट पोशाक वितरण गरेको छ ।वडास्थित सूर्य माध्यमिक विद्यालयका सूर्य स्काउट ट्रुपका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । विद्यालयमा संचालित स्काउट ट्रुपका विद्यार्थी तथा शिक्षकलाई हौसला प्रदान गर्न प्रोत्साहनस्वरुप पोशाक वितरण गरिएको वडाअध्यक्ष यहुन्ना राईले जानकारी दिए । बागमती गाउँपालिकाको आ.व. २०८०÷८१ को शिक्षातर्फको वार्षिक स्वीकृत बजेट अन्तर्गत शिक्षाका विविध कार्यक्रम शीर्षकबाट पोशाक खरिद गरी वितरण गरेको वडाअध्यक्ष राईले बताए । सूर्य माविको प्रा·णमा औपचारिक कार्यक्रम गर्दै वडा कार्यालयले पोशाक वितरण गरेको हो । सूर्य स्काउट ट्रुपका ५५ जना विद्यार्थीलाई एक÷एक सेट पोशाक वितरण गरिएको हो ।

बालबालिकामा सानै उमेरबाट सामाजिक भावनाको विकास गरी असल, अनुशाशित, नैतिकवान एवम् जिम्मेवार नागरिक तयार गर्न कार्यक्रमले सयोग पु¥याउने सूर्य स्काउट ट्रुपका स्काउट शिक्षक एवम् स्काउट सदस्य वृद्धि संयोजक राजकुमार राईले बताए । कलिला बालबालिकालाई विभिन्न खालका जीवनउपयोगी सीप सिकाउँदै भावी समयमा आइपर्ने विपदमा आफू सुरक्षित हुँदै अरुलाई समेत सहयोग गर्न सक्ने स्वयम्सेवक उत्पादनमा यस्ता खालका कार्यक्रमले सहयोग पु¥याउने स्काउट शिक्षक राईले बताए । वडा कार्यालयबाट वितरण गरेको स्काउट पोशाकका कारण ट्रुपका विद्यार्थीमा स्काउटप्रति थप प्रेरित हुनेमा शिक्षक राईको विश्वास छ ।

विद्यालयका प्रधानाध्यापक दिलबहादुर भोलनको सभाध्यक्ष तथा वडाअध्यक्ष राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा गाउँपालिका शिक्षा शाखाका प्रमोदकुमार राई, वडासदस्य हस्तबहादुर थिङ, विव्यस अध्यक्ष डोरबहादुर थापा, सदस्य यज्ञबहादुर श्रेष्ठ, शिअसंघ अध्यक्ष अनिल राई, विद्यालयका पूर्व प्रधानाध्यापक वीरबहादुर राई, सूर्यबहादुर राई, रत्नबहादुर राई, इ.डी.व. कार्यालयका प्रमुख नरेश महतो, पूर्वशिक्षक भुवनप्रसाद राईलागायत विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*