१ नम्बर वडाको पञ्चलालटोल–टेकलडाँडा सडक स्ल्याब ढलान

साझाकुरा
२०८० पुष ४, बुधबार ११:२४

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१ को पञ्चलालटोल–टेकलडाँडा कच्ची सडक स्ल्याव ढलान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको १० लाख रुपैयाँ बजेटमा कच्ची सडक स्ल्याव ढलान गरिएको हो ।नगरपालिकाको १० लाख बजेटमा उपभोक्ता समितिले १ लाख २५ हजार र जनश्रमदानबाट १ लाख २५ हजार थपेर कुल १२ लाख ५० हजारको लागतमा सडक स्ल्याव ढलान गरिएको पञ्चलाल टोल–टेकलडाँडा जोड्ने सडकस्तरीकरण उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गोलेले जानकारी दिए स्ल्याव ढलान सडक निर्माणमा वडाअध्यक्ष सविन न्यौपाने, वडासदस्य इश्वेरी रसाइली, उपभोक्ता समितिका पदाधिकारी, स्थानीयको उपस्थितिमा गरिएको हो । कच्ची सडक ढलान हुने भएपछि त्यस क्षेत्रका स्थानीयले खुशी व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*