सुदूरपश्चिमले जित्यो अन्तरप्रदेश राष्ट्रिय उसुको उपाधि

साझाकुरा
२०८० पुष १३, शुक्रबार १२:००

हेटौंडा- हेटौंडामा भएको अन्तर प्रदेश राष्ट्रिय उसु प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । हेटौंडाको टिसिएन चौरमा जारी बृहत खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत बिहीबार भएको खेलमा १४ स्वर्ण, २ रजत र ४ काश्य गरी २० पदक सहित सुदूरपश्चिम विजेता बनेको हो । ४ स्वर्ण, ९ रजत र ६ काश्य गरी १९ पदक सहित बागमती प्रदेश द्वितीय भएको छ । ३ स्वर्ण, ६ रजत र ६ काश्य गरी १५ पदक सहित आयोजक मकवानपुर जिल्ला तृतीय भएको छ । प्रथम भएको सुदूरपश्चिमले ३० हजार, द्वितीय बागमती प्रदेशले २० हजार र तृतीय भएको आयोजक समूहले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विभिन्न उमेर समूहमा गरी १६० खेलाडी सहभागी थिए ।

महिला तथा पुरुषको गरी २२ वटा विधामा खेल खेलाइएको थियो । विधागत प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो प्रतियोगितामा ५ वटा प्रदेश र मकवानपुर गरी ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकारमहर्जन, उसु महासंघका केन्द्रीय उपमहासचिव राजिव महर्जन, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, उसु संघ मकवानपुर अध्यक्ष ज्योतिरत्न बज्राचार्य लगायतले पुरस्कार वितरण गरेका हुन् । मन्त्री महर्जनले खेलकुद महोत्सवले जिल्लाको खेल क्षेत्रको विकासमा मद्दत पु¥याउने धारणा राखे । खेल क्षेत्रको विकासका लागि भएको महोत्सवका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*