हेटौंडाबाट स्वर्ण जितेर घर नपुग्दै नीताको दुर्घटनामा मृत्यु

साझाकुरा
२०८० पुष १५, आईतवार १३:५६

हेटौंडा-प्रथम अन्तरप्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा प्रदेशलाई स्वर्णपदक जिताएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया नीता खड्काको दुर्घटनामा मृत्यु भएको छ ।५२ किलो तौलमा प्रदेशलाई स्वर्ण दिलाएकी खड्काले आफ्नो जितको खुशी घर, परिवार र साथीभाइसँग साट्न पनि पाइनन् । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी खेलकुद महोत्सवमा मकवानपुर उसु संघले आयोजना गरेको राष्ट्रिय उसु प्रतियोगितामा अभूतपूर्ण सफलता हात पारेको सुदूरपश्चिममा एक स्वर्ण नीताले पनि जोडेकी थिइन् । मंगलवार र बुधवार सम्पन्न प्रतियोगितामा सुदूरपश्चिमले २२ स्वर्ण, २२ रजत र ३६ कास्य गरी जम्मा ५२ पदकमा १४ स्वर्ण, २ रजत र ४ कास्यमाा जम्मा २० पदक प्राप्त गरेको थियो ।

खेलाडीहरुले दिलाएको ऐतिहासिक समयमा उत्साहितको खुसी धेरै समय टिक्न सकेन । कपिलवस्तुको चन्द्रौटाबाट करिब १५ किमि पश्चिमस्थित चोरखोलामा राति एकबजे खेलाडी सवार बसलाई ट्रकले ठक्कर दिँदा स्वर्ण पदकविजेता निताको मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते भएकी खड्कालाई उपचारका लागितत्काल बुटवलस्थित लुम्बिनीप्रदेश अस्पताल लगिएको थियो । जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरे ।

‘स्वर्ण पदक जितेको खुसी परिवारसँग बाँड्ने खड्काको सपना अधुरो रह्यो ।’, नेपाल खेलकुद महासंघ सुदूरपश्चिम अध्यक्ष प्रकाशकुमार चन्दले भने । दुर्घटनामा एक होनहार र अनुशासित खेलाडी गुमाउनु परेको भन्दै सिंगो प्रदेश स्तब्ध बनेको चन्दले बताए ।नीताले प्रदेशका लागि मात्रै नभई देशका लागि पनि उसुमा स्वर्ण जित्ने अपेक्षा गरिएको
थियो । तर, उनले निधनले एक कुशल खेलाडी गुमेको चन्दले बताए । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।दुर्घटनामा खेलाडीहरु पुष्पा कुवर, सपना तामाङ, सृजना बिसी, मुकेश कार्की, अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दीपक चौधरी र ज्ञानु विक घाइते भएका छन् । त्यस्तै निर्णायकहरु खुसीराम चौधरी, राजीव गुप्ता र एलिसा खाती पनि घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*