हेटौंडामा दुई दिन थाहा फोटो प्रदर्शनी गरिँदै

साझाकुरा
२०८० पुष १६, सोमबार १२:०५

हेटौंडा- थाहानगरको पर्यटन प्रबद्र्धनका लागि हेटौडामा फोटो प्रदर्शनी हुने भएको छ । थाहा नगरपालिकाको आयोजनामा पुस २० र २१ गते हेटौंडाको बुद्धचोकमा फोटो प्रदर्शनी आयोजना गरिने थाहा नगरपालिकाले जनाएको छ ।थाहानगरका करिब एक दर्जन फोटोग्राफरले खिचेका थाहानगरको पर्यटकीय क्षेत्र, नगरको प्राकृतिक, धार्मिक स्थल, सभ्यता, सस्कृति र जीवनशैली समेटिएका करिब ६० फोटो प्रदर्शनी गरिने फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए । हेटौंडा उपमहागरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा, मकवानपुर फोटो पत्रकार संघको सहकार्यमा फोटो प्रदर्शनीको ब्यवस्थापन फरक सोच र शिखर क्लबले गर्नेछन् ।

पर्यटनको प्रसस्तै सम्भाबना रहेको मकवानपुरको थाहानगरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले थाहानगरलगायत आसपासको क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले बताएका छन् ।बागमति प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंबाट नजिक पर्ने थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिका आसपासका क्षेत्र आन्तरिक पर्यटनको गन्तव्य रुपमा विकास हुँदै गएको छ । यहाँ भएका पर्यटनका स्रोतलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको फरक सोच अभियानका संयोजकरायमाझीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*