लोकतन्त्रवादी जनजाति महासंघ अध्यक्षमा नकर्मी

साझाकुरा
२०८० पुष १९, बिहीबार १०:३७

हेटौंडा-नेपाली कांग्रेस निकट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको हेटौंडा–४ वडा समिति गठन भएको छ । मंगलबार भएको वडा भेलाले कृष्णकुमार नकर्मीको नेतृत्वमा कार्यसमिति गठन गरेको हो ।महासंघको उपाध्यक्षमा मालती श्रेष्ठ र त्रैलोक्यमोहन थिके, सचिव श्रृष्टि गोर्खाली र दिपेश खड्की, सहसचिव केदारबहादुर श्रेष्ठ र दीपकदास श्रेष्ठ, कोषाध्यक्ष विना श्रेष्ठ तथा सदस्यमा प्रकाश महर्जन, गणेशबहादुर श्रेष्ठ, रामकुमार राजभण्डारी, तिलकबहादुर माझी, निता मानन्धर, सुष्मा श्रेष्ठ, चन्द्रनाथ श्रेष्ठ, गजेन्द्र बललामा, उषा लामा र विष्णुमाया सिन्तानलगायत रहेका छन् ।

भेलाले कृष्णकुमार नकर्मी, श्रृष्टि गोर्खाली, गजेन्द्र बललामा, निता मानन्धर, सुष्मा श्रेष्ठ, उषा लामा र विष्णुमाया सिन्तानलाई क्षेत्रीय प्रतिनिधिमा चयन गरेको छ ।नेपाली कांग्रेस हेटौंडा–४ वडासभापति हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको भेलामा कांग्रेस बागमती प्रदेश सदस्य प्रदीप कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा तामाङ संघका संयोजक ईन्द्रबहादुर लोप्चन, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका कार्यबाहक अध्यक्ष कविता श्रेष्ठ, कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ को ‘ख’ का उपसभापति शुक्रराज जोशी, संघीय सचिव कविन सांगामी, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका जिल्ला कोषाध्यक्ष शान्ति स्याङ्बो लोप्चनलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*