दुई विद्यालयका एकसय विद्यार्थीलाई न्यानो कपडा

साझाकुरा
२०८० पुष २०, शुक्रबार १०:२०

हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकामा रहेका दुईवटा विद्यालयका एकसय जना विद्यार्थीलाई लायन्स क्लव अफ काठमाडौं आरम्भ देउरालीले न्यानो कपडा वितरण गरेको छ ।क्लवले बिहीवार लायन्स क्लव अफ थाहा पिससँगको सहकार्यमा थाहा नगरपालिका–१ स्थित झम्केश्वरी माविको प्राथमिक तहमा अध्ययनरत ८६ जना र थाहा–४ रुप्सेस्थित महाकाल प्राविका १४ जना विद्यार्थीलाई सम्बन्धित विद्यालयको नाम अंकित ट्रयाकसुट वितरण गरेको हो । महाकालका विद्यार्थीलाई जुत्ता र मोजासमेत वितरण गरिएको थाहा पिसका अध्यक्ष गीता कार्कीले जानकारी दिएकी छन् ।

न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लव अन्तरास्ट्रिय ३२५ एम नेपालका डिष्ट्रिक गभर्नर भीमलाल पौड्याल, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर धनीराम बराल, पिएमसिसि गिरिधारि शर्मा, पिआरओ इन चिफ दीपक खरेल, डिष्ट्रिक चिफ गीता शर्मा, काठमाडौं आरम्भ देउरालीका अध्यक्ष पूर्णिमा शर्मा, पूर्वअध्यक्षहरु कल्पना घिमिरे, शान्ता पान्डे, दुर्गा केसी, थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, अध्यक्ष गीता कार्की र निवर्तमान अध्यक्ष जयराम खत्रीको उपस्थिति थियो ।

वितरण कार्यक्रममा झम्केश्वरी माविका प्रधानाध्यापक गणेशमान श्रेष्ठले विद्यालयमा एउटा शौचालयको आवश्यक रहेको बताए । उनले लायन्सका डिष्ट्रिक गभर्नर पौड्याललाई प्रस्तावनापत्र समेत बुझाए । कार्यक्रमको अवसरमा आरम्भ देउरालीका संस्थापक अध्यक्ष चापागाईंले आफ्नो क्लबले नियमित रुपले थाहा पिससँग सहकार्य गरी गाउँका विद्यार्थीलाई छात्रवृत्ति दिइने बताइन् । कार्यक्रममा वक्ताहरुले आफ्नो नियमित कमाइको सानो हिस्सा सामाजिक सेवामा लगानी गर्दा एकअर्कामा सहयोगी समेत हुने विश्वास व्यक्त गरे । गतवर्ष थाहा–११ र १२ का १ सय ३० विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*