कृषक समूहलाई कृषि सामग्री वितरण

साझाकुरा
२०८० पुष २२, आईतवार १०:४७

हेटौंडा-थाहा नगरपालिका–९ मा आर्थिक वर्ष २०८०÷८१ का लागि स्वीकृत भएको मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरिएको छ ।थाहा नगरपालिका–९ चित्लाङको कुच्बु एकीकृत कृषक समूहलाइ कृषि सामग्री वितरण गरिएको हो । कृषक समूहलाई मिनिटिलर ७ एचपि डिजल २४ थान, मिनि टिलर पेट्रोल १ थान, बासको टनेल ३ सेट, पानीतान्ने मेसिन एक थान, मल्चिङ पाल्स्टिक ३० थान, स्प्रे सेट ११ थान र प्राङ्गारिक मल ८० बोरा गरी कुल २४ लाख रुपैयाँको कृषि सामग्री ५० प्रतिशत अनुदानमा प्रदान गरिएको कृषि शाखाप्रमुख सन्जय तिवारीले जानकारी दिए ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताए । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले चित्लाङ थाहा नगरपालिकाको आँखीझ्याल भएकोले यहाँ आउने पर्यटकले चित्लाङ हेरेर समग्र थाहाको मूल्यांकन गर्ने हुँदा यहाँका होटलहरुको लागि चाहिने कृषिउपज र तरकारी यहीँ उत्पादन गर्नुपर्ने बताए ।

कार्यक्रममा ९ न वडा अध्यक्ष राजकुमार बलामी, कार्यपालिका सदस्य अन्जु श्रेष्ठ, थाहानगरका प्रशासन महाशाखाप्रमुख नवीन खालिङ, कृषि विकास अधिकृत विकास विक, कृषि शाखाका सहायक राजकुमार श्रेष्ठ, वडा कृषि प्राविधिक, वडा जनप्रतिनिधि तथा किसानको उपस्थिति रहेको थियो । यस कार्यक्रमको लागि पालिकाले ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वीकृत कार्यक्रमका लागि पालिकाको कृषि विकास शाखाले १ भदौमा सूचना प्रकाशन गरी किसानबाट प्रस्ताव माग गरेको थियो । तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार गरिने कार्यक्रम थाहा नगरपालिका क्षेत्रमा ३ वटा कार्यक्रम कम्तिमा १४० रोपनी क्षेत्रफलका दरले संचालन गरिने कृषि शाखाप्रमुख तिवारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*