पाँचौं बकैया कप फुटबल सुरु, खेलकुदमन्त्रीद्वारा उद्घाटन

साझाकुरा
२०८० पुष २५, बुधबार १२:२२

हेटौंडा- मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिकामा पाँचौं बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतियोगिताको उद्घाटन गरेका छन् ।मन्त्री लिम्बुले प्रतियोगितासँगै ३ नम्बर वडाको हात्तिसुँढे बजारनजिकै रहेको नवनिर्मित मैदानको पनि उद्घाटन गरेका छन् ।प्रतियोगिता आयोजना भएको मैदानलाई बकैया रंगशालाको रुपमा विकास गरिने भएको छ । गाउँपालिकाको लगानीमा खोला नजिकै मैदान निर्माण गरिएको हो ।

प्रतियोगितामा बकैया–३ नम्बर वडाले विजयी सुरुवात गरेको छ । बकैया–६ लाई ४–३ को गोल अन्तरले पराजित गर्दै बकैया–३ विजयी सुरुवात गरेको हो । खेलमा बकैया–३ का छेवंग लामा र आयुश नेगीले २–२ गोल गरेका हुन् भने सागर थापाले एक गोल गरे । बकैया–६ को धावा भोम्जन, समिर प्रधान २ सान्तोना गोल गरेका हुन् । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै बकैया–६ का समिर प्रधान म्यानअफ द म्याच घोषित भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीका लागि समेत पुरस्कारको व्यवस्था गरिएको बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामाथिङले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*